डलर बलियो बनेपछि सहज

डलर बलियो बनेपछि सहज

काठमाडौः अमेरिकी डलर सटही पछिल्लो समय सहज भएको छ । नेपाली रुपैयाँको तुलनामा डलर बलियो भएपछि उपभोक्ताले बजारमा डलर सहजै पाउन थालेका छन् । एक महिना अघिसम्म नेपालमा डलरको चरम अभाव थियो । राष्ट्र बैंकले डलर ल्याएको र पर्यटकमार्फत पनि डलर नेपाल भित्रन थालेकाले सहज भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

हुन्डी कारोबारीले पनि बढेको मौका छोपी बैंकमा डलर साट्न ल्याएकाले सहज बन्न सहयोग पुगेको छ । ठूला दरका भारतीय रुपैयाँमा प्रतिबन्ध लागेपछि जोखिम नमोल्न र विदेशी रुपैयाँ राख्दा हुने जोखिमबाट पनि जोगिन उपभोक्ताले आफूसँग भएको डलर बजारमा साट्न थालेका छन् ।

हुन्डी कारोबारीले समेत बढेको मूल्यमा डलर ल्याउन थालेपछि सहज हुन मद्दत पुगेको राष्ट्र बैंकका अधिकारले बताएका छन् । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाका अनुसार पर्यटकले डलर ल्याएको, डलर कारोबार हुने स्थानमा प्रहरी खटाएर अनुगमन सुरु गरिएको र राष्ट्र बैंक आफैंले पनि डलर ल्याएका कारण अहिले स्थिति सहज भएको छ । राष्ट्र बैंकले डलरको माग पूरा गर्न सिंगापुरबाट एक करोड डलर ल्याएको थियो ।

कतिपय उपभोक्ताले मूल्य बढेको मौका छोपी डलर बजारमा ल्याएका छन् । अहिले एक अमेरिकी डलरका बिक्री मूल्य एक सय १० रुपैयाँको हाराहारीमा पुगेको छ । डलरको मूल्य बढेपछि मनी एक्चेन्जरले पनि बैंकमा डलर साट्न ल्याउन थालेका छन् ।

हुन्डीबाट अवैध कारोबार गर्दै आएका पनि बढी मूल्य पाएपछि सहज र जोखिमयुक्त कारोबारलाई छाडेर वैधानिक कारोबारमा आकर्षित भएको विश्लेषकको बुझाइ छ । अहिले उपभोक्ताको आवश्यकता वा उनीहरूले साट्न पाउने व्यवस्था अनुरुप दुई हजार पाँच सयसम्म डलर साट्न सक्ने अवस्था रहेको केही बैंकर्सले बताएका छन् ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले पछिल्लो समय डलर केही सहज भएको बताए । बैंकर्स एसोसिएसनका अध्यक्ष तथा मेगा बैंकका सीईओ अनिलकेशरी शाहले डलर अझै सजह नभएको दाबी गरेका छन् । दाहालले अहिले पर्यटक आगमनको सिजन भएको र मनि एक्चेन्जरले डलरको मूल्य बढेपछि वृद्धि भएको मूल्यमा डलर बिक्रीका लागि ल्याएको बताएका छन् ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समयमा दैनिक ५० लाखभन्दा बढी डलर बजारमा आउन थालेको छ । केही समय अघिसम्म २० लाख पनि डलर आउँदैनथ्यो ।

अध्यक्ष शाहले भने बजारमा डलरको आपूर्ति कम भएकाले केही सयम सहज देखिए पनि पुनः एक/दुई महिनाकै अवस्थामा पुग्ने भएकाले डलरको नगद प्रयोग छाड्नु पर्ने सुझाव दिए । आम उपभोक्ताले डलरको साटो कार्ड प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

दाहालले अहिले बैंकमा डलर साट्न आउनेलाई भुक्तान गर्न सकिएको बताएका छन् भने शाहले माग बमोजिमको डलर दिन अहिले पनि एक दुई दिन कुर्नु पर्ने बताएका छन् ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समयमा दैनिक ५० लाखभन्दा बढी डलर बजारमा आउन थालेको छ । केही समय अघिसम्म २० लाख पनि डलर आउँदैनथ्यो । बजार सहज बन्न सवा करोडसम्म डलर आउनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

विदेशी लगानी र रेमिटे्न्स खासै बढ्न नसकेको हालको परिस्थितिमा डलर असहज हुनु स्वभाविक भए पनि अब नगदको सट्टा विद्युतीय कार्डको प्रयोग गर्न राष्ट्र बैंक र सबै बैंकर्सले सुझाव दिएका छन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.