रगत अब निःशुल्क

रगत अब निःशुल्क

काठमाडौः निःशुल्क प्राप्त हुने रगत लिन पैसा तिर्नु परेको भन्दै गरिब बिरामीबाट व्यापक गुनासो आउन थालेपछि सरकारले रगत निःशुल्क रुपमा प्रदान गर्ने भएको छ ।

दाताहरुबाट निःशुल्क प्राप्त हुने अत्यावश्यक रगत नेपाल रेडकक्रस सोसाइटीले बिभिन्न बहानामा चर्को शुल्कमा बिक्री गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयले जीवन रक्षक औषधि निःशुल्क प्रदान गरेपछि रगत पनि निःशुल्क प्रदान गर्नु पर्ने निश्कर्ष निकाल्दै मातहतका निकायलाई त्यसको तत्काल व्यवस्था र सेवा प्रवाह गर्न सोमबार निर्देशन दिएको हो ।

स्वास्थ्यमन्त्री गगन थापाले दाताहरुबाट निःशुल्क प्राप्त हुने रगत बिरामीलाई पनि निःशुल्क नै प्रदान गर्नु पर्ने दायित्व सरकारको भएको भन्दै उक्त सेवा प्रदान गर्नका लागि ढिलो नगर्न मातहतका निकायलाई निर्देशन दिएका हुन ।

सबैभन्दा धेरै रगत संकलन तथा वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित केन्द्रीय रक्तसञ्चार केन्द्रले विभिन्न बहानामा बिरामी वा उनका आफन्तबाट प्रति ‘युनिट’ रगतको पाँच सय २५ रुपैयाँ लिँदै आएको छ ।

केन्द्रीय रक्तसञ्चार व्युरोका अध्यक्ष एवं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालकी निर्देशक डा. गीता शाक्यले स्वास्थ्यमन्त्रीबाट रगत निःशुल्क गर्ने सम्बन्धमा गृहकार्य गर्न निर्देशन आएको र त्यसका लागि आफुहरु जुटन्े बताइन । ‘सरकारले यसअघि नै रगत राख्ने झोला निःशुल्क गरेको छ ।

जसका लागि बिरामीका आफन्तले एक सय रुपैयाँ तिर्नु पथ्र्यो । एचाआइभी, हेपाटाइटिस सी र बी लगायत विभिन्न रोगको परिक्षण गर्न, रगतको क्रसम्याचिङ गर्न पैसा लाग्ने हो जुन सरकारले व्योर्हन सक्यो भने बिरामीले रगत निःशुल्क पाउने सक्छन्,’ डा. शाक्यले भनिन, ‘रक्तसञ्चार केन्द्रमा काम गर्ने कर्मचारीको तलव कसले व्यहोर्ने भन्ने अर्को छलफलको विषय बनेको छ । यी सबै समस्याको समाधान निकाल्न सकियो भने रगत निःशुल्क दिन सकिन्छ ।’

रक्तसञ्चार सेवा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गर्ने भए पनि त्यसको नियमन सरकारले गर्ने व्यवस्था छ । स्वंयम सेवक रक्तदाता समाजले रगत निःशुल्क प्रदान गर्न सकिए आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ठूलो राहत हुने र निःशुल्क स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार सुनिश्चित हुने बताएको छ ।

समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले उक्त काम गर्न ढिलाई गर्न नहुने बताए । नेपालमा करिव ७२ प्रतिशत रगत दाताहरुले प्रदान गर्ने गरेका छन् भने बाँकी आफन्तबाट मिल्ने गरेको छ ।

रक्तसञ्चार सेवाको ५० वर्ष

दयावीर सिंह कंसाकारले पहिलो पटक रगत दान गरेपछि २०२१ सालमा वीर अस्पतालमा प्याथोलोजी विभागबाट रक्तसञ्चार सेवा सुरु भएको सोमबार ५० वर्ष पुगेको छ । २०२३ सालमा लक्ष्मी ‘रगत बैंक’ का नाममा भृकुटीमण्डपबाट सञ्चालन भएको रक्तसञ्चार सेवा हाल बालकुमारीस्थित आफ्नै घरबाट दिन थालिएको छ ।

रक्तसञ्चार सेवा सुरु भएको ५० वर्ष पुगेको अवसरमा यस सेवाका उपलब्धी, चुनौति र आगामी दिनको कार्ययोजनाबारे छलफल सुरु गरिएको छ । छलफलमा नेपालमा रक्त सञ्चार मेडिसिन चिकित्सकको अभाव भएको, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको भौतिक पूर्वाधार, उपकरणको व्यवस्था गर्न समेत नसकेको विषयले प्राथमिकता पाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.