फर्नेक्स नेपाल-२०१६ आयोजना हुने

 फर्नेक्स नेपाल-२०१६ आयोजना हुने

काठमाठौः नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा शान फर्निचर प्रिजेन्ट्स फर्नेक्स नेपाल-२०१६ आयोजना हुने भएको छ ।

नेपालमा रहेका फर्निचर तथा फर्निसिङ व्यवसायीको हकहित संरक्षण र सम्वद्र्धनका साथै आपसी एकता र सद्भावना कायम गर्ने उद्देश्यका साथ स्थापना भएको नेपाल फर्निचर तथा फर्निसिङ संघले यही मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमन्डपमा मेला आयोजना गर्ने भएको हो । मेला २१ गतेसम्म चल्नेछ ।

फर्निचर तथा फर्निसिङसम्बन्धी नयाँ सामग्री तथा प्रविधिको जानकारी दिन मेलाको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । संघले हरेक वर्ष फर्नेक्सको आयोजना गर्दै आएको छ भने व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्ने इन्टेरियर डिजाइन क्षेत्रको प्रवद्र्धन गर्न इन्टेरियर डिजाइनमा प्रतिस्पर्धा गराउँदै आइरहेको छ ।

मेलामा अफिस तथा घरमा राखिने फर्निचरका साथै विभिन्न फर्निसिङका सामग्री पनि प्रदर्शनीमा राखिने छन् । ठूला ४४ तथा साना २३ गरी जम्मा ६७ स्टल रहने मेलाको सम्पूर्ण स्टल बिक्री भैसकेको आयोजकले जनाएको छ ।

६७ स्टलमध्ये ३७ स्वदेशी वस्तुका स्टल र ३० विदेशमा उत्पादन रहने छन् । मेलामा जोर्डन, भारत तथा पाकिस्तानका उत्पादकलेसमेत सहभागिता जनाउने आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.