शिवम् सिमेन्टद्वारा भ्यानसहितको प्राविधिक सेवा सुरु

शिवम् सिमेन्टद्वारा भ्यानसहितको प्राविधिक सेवा सुरु

 काठमाडौः शिवम् सिमेन्ट लिमिटेडले नेपालमै पहिलो पटक निःशुल्क परामर्श तथा जनचेतनाका लागि भ्यानसहितको प्राविधिक सेवा सुरु गरेको छ ।

कम्पनीले निर्माण सामग्रीको गुणस्तर र प्रयोगसम्बन्धी प्राविधिक ज्ञान दिन निःशुल्क रूपमा निर्माणस्थलमै पुगी निर्माण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्राविधिक सेवासहितको विभाग गठन गरी सेवा सुरु गरेको हो ।

प्राविधिक टिममा नेपाल र भारतका सिमेन्ट उद्योगमा ३० वर्षभन्दा बढीको कार्यानुभव भएका वरिष्ठ सिमेन्ट तथा कंक्रिट विज्ञ इन्जिनियर रहेको कम्पनीले जनाएको छ ।

शिवम् ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको कम्पनीले सञ्चालनमा ल्याएको यस सेवाका लागि निःशुल्क टोल फ्रि नम्बर (१६६००१२३२१ नेपाल टेलिकम प्रयोगकर्ताका लागि, ९८०१५७५५७५ एनसेल प्रयोगकर्ताका लागि) सञ्चालनमा ल्याएको छ ।

सेवाका लागि प्राविधिकहरू स्वयं निर्माणस्थलमा उपस्थित भई सल्लाह, सुझाव तथा प्राविधिक विषयको जानकारी गराउने कम्पनीले जनाएको छ । प्राविधिक टिमलाई चुस्त राख्न कम्प्रेसिभ स्टेन्थ टेस्टिङ मेसिनजडित टेक्निकल भ्यान सोमबारबाटै सुरु गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.