जगदम्बा सिमेन्टद्वारा प्राविधिक तालिम
काठमाडौः जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि राजमिस्त्रीसँगै जानकारीमुलक कार्यक्रमको आयोजना गरेको छ ।
गत शुक्रबार आयोजित कार्यक्रममा भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा सयभन्दा बढी राजमिस्त्री तथा डिलरहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ । जगदम्बा सिमेन्टले आफ्ना उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध कार्यक्रम गर्दै आएको छ ।
कम्पनीले यस आर्थिक वर्षमा ‘आऔं सबै मिली देश बनाऔं’ भन्दै सारा नेपालीलाई देश निर्माणका लागि अपिलसमेत गरेको छ ।
आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजवुत निर्माण गर्न विभिन्न कार्यक्रम अघि सार्दै देशका विभिन्न स्थानमा कार्यक्रम गरिरहेको कम्पनीले जनाएको छ ।