इलेक्ट्रो-टेकमा एंकरको सहभागिता

 इलेक्ट्रो-टेकमा एंकरको सहभागिता

 काठमाडौः यस वर्ष काठमाडौंको भृकुटीमन्डपमा आयोजना भएको इलेक्ट्रो-टेक २०१६ मा पानासोनिक गु्रपको एंकर इलेक्ट्रिकल्सले सहभागिता जनाएको छ ।

नेपाल विधुतीय व्यवसायी महासंघको आयोजनामा भएको मेलामा कम्पनीले आफ्ना विभिन्न उत्पादन प्रदर्शनीमा राखेको जनाएको छ ।

मेलामा कम्पनीले पानासोनिक भिजन, रोमा प्लस, रोमा राइडर, पेन्टा एन्ड पेन्टा मोडुलरका विभिन्न स्विचका साथै यूएनओ स्विचगिएर जस्ता आफ्ना उत्पादन राखिएको कम्पनीले जनाएको छ ।

साथै कम्पनीले नेपाली ग्राहकलाई लक्षित गरेर एलईडी लाइट फ्यानजस्ता उत्पादन पनि प्रदर्शनीमा राखेको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका प्रवक्ताले एंकरको उत्पादनलाई प्रवद्र्धन गर्न नेपाली बजार सबैभन्दा राम्रो भएको बताएका छन् ।

उनले नेपाललाई एउटा राम्रो बजारको रूपमा लिँदै नेपालीलाई गुणस्तरीय उत्पादन दिन पाएकोमा खुसी व्यक्त गरे । भारतीय इलेक्ट्रिक बजारमा राम्रो स्थान बनाएको कम्पनीका तीन हजारभन्दा बढी उत्पादन छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.