नेपाली ह्विस्की ब्युरोक्र्याट बजारमा
काठमाडौः छिन्नमस्ता डिस्टिलरी प्रालिले ब्युरोक्र्याट ह्विस्की बजारमा ल्याएको छ । आकर्षक बोतलमा ७५० मिलिलिटरको ह्विस्की बजारमा पाइने महंगो मूल्यका ह्विस्कीभन्दा धेरै गुस्तरीय रहेको कम्पनीको दाबी छ ।
तीन वर्ष पुरानो माल्ट प्रयोग गरी नयाँ प्रविधिमा बनाइएको ह्विस्की खाँदा हल्का र सफ्ट छ । दैनिक आठ सयदेखि नौ सय केस उत्पादन हुने यस ह्विस्की स्वदेशी र विदेशी ग्राहकको रोजाइमा पर्न सफल हुने कम्पनीको विश्वास छ ।
२०५३ सालमा जनकपुरमा स्थापना भएको यस कम्पनीले मध्यम वर्गीय ग्राहकलाई लक्षित गरी उच्च गुणस्तरका ह्विस्की, जिन, भोट्का र रम उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक श्याम साहले आम उपभोक्तले आफ्ना ब्रान्डका उत्पादन अत्यधिक रुचाएको र नयाँ ब्रान्डको ह्विस्की ग्राहकसमक्ष राख्न पाउँदा खुसी लागेको बताए ।