चार वर्षीया बालिका बलात्कार गर्ने युवा जेल चलान
गौशालाः एक महिना अगाडि चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका महोत्तरी जिल्ला अदालतले एक युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
गौशाला नगरपालिका– २ बस्ने १८ वर्षीय कुमार भुजेलले बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । भुजेललाई पुर्पक्षका लागि थुनामा राखिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।
गत कात्तिक १६ गते साँझ घर नजिकै खेलिरहेकी बालिकालाई घर नजिकैको ऊखुबारीमा लगेर बलात्कार गरेका थिए ।
बलात्कारको आरोपमा १७ गते पक्राउ परेका अभियुक्त बिरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा दायर गरेको थियो । सोही मुद्धामा अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी निरीक्षक पोखरेलले बताए । रासस