संविधान संशोधनमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

संविधान संशोधनमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले संविधान संशोधन प्रस्तावमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको पोलिटब्यूरो बैठकले संविधान संशोधनका सवालमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिदै नेता अग्नि सापकोटाले भने, ‘बैठकले संविधान संशोधनका बारेमा राष्ट्रिय सहमतिको प्रयासलाई जारी राख्ने निर्णय गरेको छ ।’

मंगलबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनबारे दलहरुबीच भएको छलफल र प्रगतिबारे नेतालाई जानकारी गराएका थिए ।

नेता सापकोटाका अनुसार सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रमुख दलका शीर्ष नेताले गरेको छलफल सकारात्मक भएकाले संविधान संशोधनका लागि राष्ट्रिय सहमति जुट्ने विश्वास माओवादीले लिएको छ ।

संविधान संशोधन प्रस्तावलाई राष्ट्रिय सहमतिका साथ अगाडि बढाउने निर्णय गर्दै बैठक बुधबार पुनः बस्नेगरी स्थगित भएको नेता सापकोटाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.