ज्वाँइले घाँटी थिचेर ससुराको हत्या गरेपछि...

ज्वाँइले घाँटी थिचेर ससुराको हत्या गरेपछि...

वीरगन्जः पर्सा जिल्लाको बिरुवागुठी–१, रामतोला बस्ने ८३ वर्षीय धनबहादुर मगरलाई उनकै छोरीज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घाँटी थिची हत्या गरेका छन् ।

सिन्धुपाल्चोक चैनपुर–४ घर भई विगत ३० वर्षदेखि त्यहीँ बस्दै आएका पहडीले के कति कारणले आफ्नो ससुराको हत्या गरेको हो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

मंगलबार विहान ३ बजे हत्या गरी फरार भएका पहरीलाई प्रहरीले व्यापक खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

मृतक मगरको शवलाई परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.