लोकमानविरुद्धको महाभियोग प्रस्तावमा छलफलः अर्को बैठक बिहीबार
काठमाडौँः व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध पेस भएको महाअभियोगको प्रस्तावमा छलफल भएको छ ।
प्रस्तावलाई छिटो टुङ्गोमा पुर्याउन आग्रह गर्दै मंगलबार बोल्ने अधिकांश सांसद्ले महाअभियोगको समर्थनमा अभिव्यक्ति दिएका छन् ।
छलफलमा भवानीप्रसाद ठाकुर, लालबाबु यादव, हर्कबोल राई, हरिप्रसाद उप्रेती, जमिन्द्रमान घले, श्यामप्रसाद ढकाल र कलसादेवी महराले भाग लिएका थिए ।
प्रस्तावमाथिको छलफल आगामी बैठकमा पनि जारी रहनेछ । संसद्को अर्को बैठक यही मङ्सिर १६ गते बिहीबार १ बजे बस्नेछ । रासस