स्वर्गीय पत्रकार न्यौपाने र बोहरालाई राष्ट्रिय पत्रकारिता पुरस्कार
काठमाडौंः पत्रकार सञ्चय न्यौपाने र कर्ण बोहरालाई यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार छनोट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार परणोपरान्त पत्रकार न्यौपाने बोहरालाई दिने निर्णय गरेको हो ।
पाँच लाख रुपैयाँ राशीको उक्त पुरस्कार दुई पत्रकारका परिवारलाई संयुक्त रुपमा प्रदान गरिने काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सदस्य एवम् काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको छनोट समितिले मंगलबार पत्रकार न्यौपाने र बोहरालाई पुरस्कार दिने निर्णय गरेको हो ।
काउन्सिलका अध्यक्ष कार्कीले सार्वजनिक गरेको विज्ञप्तिमा पुरस्कार विशेष समारोह आयोजना गरी चाँडै प्रदान गरिने उल्लेख गरिएको छ ।