विमान दुर्घटनामा खेलाडीको मृत्यु भएपछि ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा

विमान दुर्घटनामा खेलाडीको मृत्यु भएपछि ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा

एजेन्सीः विमान दुर्घटनामा परी फुटबल प्रतियोगितमा सहभागी हुन जाने क्रममा खेलाडीको मृत्यु भएपछि ब्राजिल सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले दुर्घटनाको खबर पाए लगत्तै मंगलबार राष्ट्रिय शोकको घोषणा गरेका हुन् । दक्षिण अमेरिकाको ठूलो मानिएको कोपा सुदामेरिकाना खेल्न बोलिभियाबाट खेलाडी लिएर उडेको विमान कोलम्बियाको मेडेलिन शहरको कोरो गार्डेन भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो ।

विमान एउटा डाँडोमा ठोक्किदा ठोकिदा विमानमा सवार ७६ जनाको मृत्यु भएको छ । ८१ जना सवार विमानबाट पाँच जनाको जीवितै उद्धार गरिएको छ । दुर्घटनामा ब्राजिलको ए डिभिजन क्लब चापेकोइन्सका खेलाडी सवार थिए ।

दुर्घटनापछि दक्षिण अमेरिकी फुटबल महासंघले कोपा सुडामेरिकन फुटबलको फाइनल खेल स्थगित गरेको छ । ‘हे ईश्वर, त्यो विमानमा हाम्रा खेलाडी, पदाधिकारी, पत्रकार र हामीले निम्तो गरेका विशिष्ट ब्यक्तिहरु सवार थिए । हामी उनीहरुको कुशलताको कामना गर्दछौं’, विमान दुर्घटनाको समाचार सार्वजनिक भएलगत्तै ४५ वर्ष पुरानो क्लब चापेकोन्सका उपाध्यक्ष ईभान टोज्जोले भनेका छन् । चापेकोन्स सन् २०१४ मा पहिलो पटक ब्राजिलको ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।

नेपाली समय अनुसार मंगलबार बिहान करिब नौ बजेर ४५ मिनेट जाँडा मेडेलिन विमानस्थलको नियन्त्रण कक्षसँग विमानको सम्पर्क बिच्छेद भएको थियो । उड्डयन प्राधिकरणका अधिकारीले उक्त विमानमा विधुतीय समस्या आएका कारण विमानस्थलको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको जनाएका छन् ।

जीवितै उद्दार गरिएका मध्ये एक चापेकोन्सका डिफेन्डर एलन रस्चेल रहेको समाचारमा जनाइएको छ । टोलीका गोलरक्षकद्वय ज्याक्सन फोलम्यान पनि जीवितै रहेको बताइएको छ । यसैगरी टोलीका अर्का डिफेन्डर हेइलो नेटोलाई पनि जीवितै उद्धार गरिएको समाचारमा जनाइएको छ । टोलीका पहिलो रोजाइका गोलरक्षक मार्कोस डानिलोलाई समेत जीवितै उद्धार गरिए पनि उचारका क्रममा उनको निधन भएको छ ।

ब्राजिलका राष्ट्रपति माइकल टेमरले फुटबल खेलाडी सवार विमान दुर्घटनाको समाचारबाट आफू स्तब्धः भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्मानमा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको उल्लेख गरेका हुन् ।

यसैगरी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनाका खेलाडीले पनि आफ्नो नियमित अभ्यास बीचैमा रोकेर मौन धारण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.