संविधान संशोधनको विधेयक संसद्‍मा दर्ता (विधेयकसहित)

संविधान संशोधनको विधेयक संसद्‍मा दर्ता (विधेयकसहित)

काठमाडौंः सरकारले संविधान संशोधनको विधेयक व्यवस्थापिका संसदमा दर्ता गराएको छ । मन्त्रिपरिषद्को मंगलबार बेलुका बसेको बैठकले पारित गरेपछि संशोधन प्रस्ताव संसद्मा दर्ता गराइएको हो ।

मधेसी मोर्चासहितको गठबन्धनले राखेका मागलाई सम्बोधन गर्नका लागि सरकारले विधेयक दर्ता गराएको हो । संशोधन दर्ता गराउन संसद्‌का कर्मचारीलाई बेलुका अबेरसम्म पनि तयारी हालतमा राखिएको थियो।

सरकारले प्रमुख प्रतिपक्षी एमालेलाई समेत सहमतिमा ल्याएर विधेयक दर्ता गराउने प्रयास गरेको थियो तर एमाले संविधान संशोधनका पक्षमा सहमत हुन नसकेपछि सरकारले संशोधन दर्ता गराएर सहमतिका लागि पहल गर्ने रणनीतिअनुसार दर्ता गराएको हो ।

संविधान संशोधनमा प्रदेशको सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्व गरी चारवटा विषयमा संशोधन गर्न लागिएको छ । 

सरकारले पारित गरेको संविधान संशोधन प्रस्तावमा प्रदेश नम्बर ५ का पहाडी जिल्ला गुल्मी, खर्घाखाँची, पाल्पा सँगै सँगै रुकुमको आधा भाग प्रदेश नम्बर ४ मा मिलाउने विषय समेटिएको छ ।

मधेसी मोर्चाको मागलाई ध्ययनमा राख्दै नागरिकता सम्बन्धी विषयलाई संशोधन प्रस्तावमा उल्लेख गरिएको छ । त्यस्तै राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जना प्रतिनिधित्व रहने व्यवस्थालाई परिमार्जन गर्दै सात प्रदेशबाट तीनतीन जना प्रतिनिधित्व गराउने लगायत विषय समेटिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.