प्राइम बैंकले बोनस सेयर वितरण स्वीकृत
काठमाडौः प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधीलाई सेयर वितरणका लागि नेपाल राष्ट्र बैंकमा पठाएको रकम स्वीकृत भएको छ । सेयरधनीका लागि ८९ करोड २२ लाख १० हजार तीन सय २१ रुपैयाँबराबरको बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ४ करोड ४८ लाख ९३ हजार एक सय ७९ नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको हो ।
बैंकले २०७३/६/१६ गते सम्म ३ बराबर १ को अनुपातमा सयका दरले एक करोड २३ लाख ५० हजार आठ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । त्यसमा आवेदन परेका एक करोड १८ लाख ६६ हजार एक सय ८० कित्ता प्राप्त आवेदकलाई बाँडफाँटसमेत गरिसेकेको जनाएको छ ।
बाँकी रहेको चार लाख ८४ हजार ६ सय ९४ कित्ता सेयर लिलामबाट बिक्रीवितरण गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डले प्रदान गरिसकेको समेत बैंकले जनाएको छ ।