जनता बैंकको शाखा विस्तार
काठमाडौः जनता बैंक नेपाल लिमिटेडले सुर्खेेत जिल्लाको वीरेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो सेवा विस्तार गर्दै लाने क्रममा बैंकले वीरेन्द्रनगरमा ३७ औं शाखा र ३० औं एटीएम सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको उद्घाटन सांसद एवं यस बैंकको सञ्चालक समितिका अध्यक्ष उदय नेपालीले गरेका छन् । उक्त समारोहमा बैंकका ब्रान्ड एम्बास्डर किरण केसीले भव्य प्रस्तुतिका साथ बैंकको नयाँ शाखालाई शुभकामना दिँदै बैंकको सफलताको कामना गरेका छन् ।
गत आर्थिक वर्ष बैंक ३२ करोड ५३ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङदेखि पश्चिममा महाकालीको दार्चुलासम्म ३७ वटा शाखा, ३० वटा एटीएम, १५ वटा शाखारहित बैंकिङ एकाइ, इन्टरनेट तथा मोबाइल बैंकिङमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएकोछ ।
बैंकले यस आर्थिक वर्षमा झापाको दमक, सुनसरीको धरान, सिराहाको लाहान, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडालगायत उपयुक्त स्थानमा शाखा र एटीएमको विस्तार गर्ने योजना बनाएको छ ।