संशोधन प्रस्तावबारे एमालेले छलफल गर्ने
काठमाडौं: नेकपा एमालेले सरकारले व्यवस्थापिका संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावका विषयमा आफ्नो धारणा तय गर्न संसदीय दलको बैठक बोलाएको छ ।
मध्यान्ह १२ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा संविधान संशोधनका विषयमा छलफल हुनेछ ।
संविधान संशोधनको विपक्षमा रहेको एमालेले सरकारले मंगलबार व्यवस्थापिका संसदमा संशोधन प्रस्ताव दर्ता गरेपछि त्यसबारे आफ्नो धारणा तय गर्न संसदीय दलको बैठक बोलाएको हो ।