अब देश निर्वाचनतर्फ अघि बढ्योः प्रधानमन्त्री

अब देश निर्वाचनतर्फ अघि बढ्योः प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका-संसद्मा संविधान संशोधनसम्बन्धी मस्यौदा दर्ता भएसँगै देश अब निर्वाचनतर्फ अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले देश निर्वाचनतर्फ अघि बढेको बताए ।

'हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो । अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ । हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौँ,' प्रधानमन्त्रीले भने-'संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकताविरोधी कुरा हो । अझै पनि सहमतिका लागि सरकारको प्रयास जारी रहन्छ ।'

सङ्घका अध्यक्ष अमृता थापामगरको नेतृत्वमा गएको महिला नेत्रीको टोलीले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.