सुत्केरीको मृत्युपछि कोसी अस्पतालमा तनाव

सुत्केरीको मृत्युपछि कोसी अस्पतालमा तनाव

विराटनगरः सुत्केरीको मृत्यु भएको विषयलाई लिएर बुधबार विहानैदेखि विराटनगर स्थित कोसी अञ्चल अस्पताल तनावग्रस्त बनेको छ ।

कोसी अस्पतालमा सोमबार शल्यक्रिया गरेर बच्चा निकालिएकी विराटनगर १० हाटखोलाकी २१ वर्षीय कमला लुइँटेल अधिकारीको बुधरबार विहान धरानमा मृत्यु भएको थियो ।

कमलाका आफन्त अस्पताल विरुद्ध नाराजुलुस गर्दै विरोधमा उत्रदा स्थिति तनावपूर्ण बनेको हो । महिला तथा प्रसूति रोग विशेषज्ञ डा. मेलुना भुषाल नेत्रृत्वको चिकित्सक टोलीले कमलाको शल्यक्रिया गरेर बच्चा निकालेको थियो ।

शल्यक्रिया गरेर बच्चा निकालिए पनि बढी रक्तश्राव भएका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सुत्केरी युवतीलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

उपचारका क्रममा बुधबार विहान कमलाको धरानमै मृत्यु भएको हो । चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै कमलाका आफन्त विहानैदेखि विरोधमा उत्रिएका छन् ।

आफन्तले शल्यक्रियाका क्रममा लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनु पर्ने, मृतकबाट जन्मिएको छोरालाई शिक्षा दीक्षा र भरणपोषणको व्यवस्था अस्पतालले गर्नु पर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति र किरिया खर्च दिनु पर्ने, आगामी दिनमा यस्ता घटना दोहोर्‌याउन नहुने, सर्वसाधारणको उपचारमा लापरवाही गर्न नहुने लगायतका माग राखेर नाराजुलुस गरिरहेका छन् ।

अस्पतालमा थप तनावको स्थिती उत्पन्न हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । समस्या समाधानका लागि भन्दै अस्पताल प्रशासन र पीडित पक्षबीच बार्ता जारी रहे पनि अहिले सम्म कुनै निस्कर्ष निस्कन सकेको छैन ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले शल्यक्रियाका क्रममा चिकित्सकले लापरवाही गरे नगरेको विषयमा अनुसन्धान गरिने बताए । अप्रेसनपछि पोष्टअप वार्डमा लैजाँदा स्वास्थ्यकर्मीले ध्यान नदिंदा त्यहाँ रहेका फोहोरका कारण शरीरमा इन्फेक्सन भएर सुत्केरीको मृत्यु भएको हुन सक्ने डा. पोखरेलको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.