संशोधन प्रस्तावमा धारणा बनाउन मधेसी मोर्चाको बैठक
काठमाडौं: सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गराएपछि त्यसबारे आफ्नो धारणा तयार पार्न मधेसी मोर्चाको बैठक बोलाइएको छ ।
बैठक दिउँसो तीन बजे तमलोपा कार्यालय बिजुलीबजारमा बस्नेछ । सरकारले मंगलबार राति संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपनि प्रस्ताव मोर्चाको पक्षमा छ कि छैन भन्ने आधिकारिक धारणा आएको छैन् ।
तर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने एक विज्ञप्ति जारी गर्दै मधेसी मोर्चाको माग भन्दा संशोधन प्रस्ताव फरक आएको भन्दै आपत्ति जनाएका छन् ।
आजको बैठकपछि मात्र संशोधन पस्तावका पक्ष वा विपक्षमा उभिने भन्ने निर्णय मधेसी मोर्चाले लिनेछ ।