हिन्दु राज्यका लागि खुमबहादुरको पहलमा विशेष भेला

हिन्दु राज्यका लागि खुमबहादुरको पहलमा विशेष भेला

काठमाडौं: नेपालमा हिन्दु राज्य निर्माणका लागि दबाब दिन ‘सनातन हिन्दुराष्ट्रका लागि महाअभियान’ले राजधानीको कमलादीमा विशेष भेलाको आयोजना गरेको छ ।

प्रज्ञावनमा बुधबार आयोजना गरिएको भेलामा सहभागी वक्ताहरुले नेपालमा धर्म निरपेक्षता जबरजस्ती लादिएकोले नेपालमा हिन्दु राज्य स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेस नेता खुमबहादुर खड्काले अगुवाइमा आयोजित समारोहमा कांग्रेस नेताहरु तारानाथ रानाभाट, चिरञ्जीवि वाग्ले तथा अन्य दलका नेताहरु, विभिन्न पेसाकर्मी, पूर्व प्रशासकहरु, पूर्व सेनापति रुक्मांगद कटवाललगायत प्रहरी र नेपाली सेनाका अवकाशप्राप्त उच्च अधिकारीहरुको उपस्थिति छ।

संविधान संशोधनको प्रक्रिया अघि बढ्दै गर्दा आयोजना गरिएको यो भेलालाई अर्थपूर्ण रुपमा लिइएको छ। समारोहमा बोल्ने अधिकांश वक्ताहरुले हिन्दु राज्य नभए धार्मिक विद्रोह हुने चेतावनी दिएका छन्।

मुलुकमा देखापरेको अस्थिरता र अन्योलता अन्त्यका लागि हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन्। पूर्वसभामुख तारानाथ रानाभाटले अहिले देशमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र अखण्डतामा सङ्कट देखापरेको बताउँदै सबै नेपालीलाई एकतामा बाँध्न हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए।

काँग्रेसका नेता खुमबहादुर खड्काले देशलाई हिन्दू राष्ट्र कायम गराउन सबै नागरिक एकजुट हुनुपर्ने बताए।

काँग्रेसका नेता लक्ष्मण घिमिरे, चिरञ्जीवी वाग्ले, मोहन बस्नेत, पुष्पा भुसाल तथा पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल, विश्व हिन्दू महासङ्घका महासचिव अस्मिता भण्डारीले हिन्दू राष्ट्रभित्र सबै धर्म र संस्कृति सुरक्षित हुनसक्ने धारणा व्यक्त गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.