संविधान संशोधनविरुद्ध मोहन वैद्य आन्दोलनमा
काठमाडौंः मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संविधान संशोधन विधेयकको विरोध गर्ने भएको छ । वैद्य माओवादीले सरकारले मंगलबार व्यवस्थापिका संसद् सचिवालयमा दर्ता गरेको नेपालको संविधान संशोधन विधेयकको विरोध गर्ने निर्णय गरेको हो ।
संविधान संशोधन विधयकप्रति ध्यानाकर्षण भएको बताउदै मोहन वैद्यले विज्ञप्ति सार्वजनिक गर्दै संविधान आमूल परिवर्तन तथा जनताको इच्छा र भावनाविपरित भएको बताएका छन् ।
वैद्यले बुधबार सर्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सीमांकन लगायतका विषयको विरोधमा जनताद्वारा राखिएका जायज माग र आयोजित प्रदर्शन तथा हड्तालको कार्यक्रमप्रति पार्टी दृढतापूर्वक समर्थन र ऐक्यबद्धता जाहेर गर्दछ ।’
सीमांकनलगायतका विषयको समाधान तानाशाही तरिकाले नहुने भन्दै जनताको राय सुझाव तथा सहमति बिना संविधान संशोधन हुनै नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘सीमांकन लगायतको विषयको विवाद समाधान अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्तिहरु र सम्वन्धित जिल्ला तथा प्रदेशका जनताको राय सुझाव तथा सहमतिका अनिवार्य हुने कुरामा पनि पार्टी आफ्नो दृढ अभिमत रहेको धारणा व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
स