केसीको समर्थनमा जाजरकोट अस्पतालका सबै सेवा बन्द
जाजरकोटः स्वास्थ्यसेवामा रहेका विकृतिका विरुद्ध गत कार्तिक २८ गते देखि अनसन कसिरहेका त्रिवि शिक्षण अस्पतालका करिष्ठ चिकित्सक डा. गोविन्द केसीको समर्थन जनाउदै जाजरकोटका स्वास्थ्यकर्मीहरुले आपतकालीन सेवा काहेकका सबै सेवाहरु बन्द गरेका छन् ।
डा.केसीले उठाएका जायज मागप्रति राजनैतिक दल र सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले केसीको माग र आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै जिल्ला अस्पताल जाजरकोटमा आपतकालीन बाहेक अन्य सबै सेवाहरु अनिश्चित कालका लागि बन्द गरेको घोषणा गरेका हुन् ।
स्वास्थ्यकर्मीले अनसनको १८ औं दिन सम्म पनि सरकार र अन्य सरोकारवालाकले कुनै चासो नदिएको भन्दै त्यसको विरोध स्वरुप आफूहरुले जाजरकोट अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द गरेको जनाएका हुन् ।
जिल्ला अस्पताल जाजरकोटमा कार्यरत डाक्टर लगायतका अन्य स्वास्थ्यकर्मीले डा. केसीको सत्याग्रह प्रति आफुहरुको पुर्ण सर्मथन र साथ रहेको जनाएका छन् । केसीको माग पुरा नभए सम्म आफुहरुको बन्द जारी रहने जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा.भुपेन्द्रप्रकास मल्लले बताए ।
उनले डा. केसीले उठाएको माग र उनको आन्दोलन न्यायपूर्ण भएकोले आफूहरुले साथ दिएको बताए ।