सहरी विकास मन्त्रालयमा कांग्रेसका दुई राज्यमन्त्रीबीच झगडा

सहरी विकास मन्त्रालयमा कांग्रेसका दुई राज्यमन्त्रीबीच झगडा

काठमाडौं: सहरी विकास मन्त्रालयमा नवनियुक्त दुई राज्यमन्त्रीबीच झगडा भएको छ । वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएकी सुवर्ण ज्वारचन सहरी विकास मन्त्रालयमा पुगेर पदबहाली गरेपछि सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी मिठु मल्लले आपत्ति जनाउदा दुई राज्यमन्त्रीबीच झगडा भएको हो ।

राज्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालयमा चाँडै पुगेर सुवर्णले पदबहाली गरेपछि मात्र मिठु मन्त्रालयमा पुगेकी थिइन् । मन्त्रालयमा आइपुग्दा सुवर्णले पदबहाली गरेर नाम समेत टाँसिसकेको देखेपछि मिठुले आक्रोश व्यक्त गरिन् ।

आफू सिफारिस भएको मन्त्रालयमा सुवर्णले पदबहाली गरेको देखेपछि मिठुले तत्काल आफ्नो नाममा बोर्ड बनाउन लगाएर मन्त्रालय भित्र छिरेकी थिइन् । मिठु पनि सुवर्णले पदबहाली गरेकै मन्त्रालयमा पुगेपछि दुई मन्त्रीबीच झगडा भएको हो ।

अहिले बाहिर सुवर्णको नाम व्यवस्थित बोर्डमा राखिएको छ भने मिठुको नाम कागजमा लेखेर टाँसिएको छ । मन्त्रीको कोठामा बसेका दुई मन्त्री र सचिवहरुबीच विवाद मिलाउने प्रयास भइराखेको छ ।

सुवर्णलाई वाणिज्य मन्त्रालयमा पदबहालीका लागि लिन सचिव नइन्द्र उपाध्याय सहरी विकास मन्त्रालयमा पुगे पनि उनले आफूले पदबहाली गरिसकेकाले वाणिज्य मन्त्रालय नजाने अड्डी लिएका छन्।

लामो समयको घम्साघम्सीपछि समस्या समाधानका लागि सचिव र दुई नवनियुक्त राज्यमन्त्रीबीच सहरी विकास मन्त्रालयको कार्यकक्षमा वार्ता जारी छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.