योगी नरहरीनाथका सामग्री अलपत्र
काठमाडौः पाशुपत क्षेत्रको मृगस्थलीमा रहेको आ श्रममा रहेका योगी नरहरीनाथका पुस्तक र ऐतिहासिक एवं पुरातात्विक महत्वका कागजात अलपत्र अवस्थामा छन् ।
योगीको निधनलगत्तै गुठी संस्थानले आ श्रममा रहेको पुस्तकालयका तीनवटै कोठामा झन्डै डेढ दशकसम्म ताल्चा लगाइदिँदा करिब ८० प्रतिशत सामग्री नष्ट भइसकेका छन् । सम्बन्धित सरकारी निकायहरुलाई खबर गर्दा पनि चासो नदेखाएपछि बाँकी कागजात र कृति आदि अलपत्र अवस्थामा रहेका हुन् ।
२०५९ फागुन १३ गते ८८ वर्षको उमेरमा मृगस्थली आ श्रममै ब्रम्हलीन भएपछि योगी नरहरीनाथको आ श्रममा रहेका पुस्तकालयको तीनवटै कोठामा गुठी संस्थानले ताल्चा लगाएको थियो ।
नरहरीनाथले २०२२ सालमा स्थापना गरेको श्रीबृहत् आध्यात्मिक परिषद्का महासचिव विश्व पोखरेलले सरकारको आधिकारिक निकाय गुठी संस्थानले नै नेपालको सम्पत्ति भनेर ताल्चा लगाएपछि आफूले केही गर्न र भन्न नपाउँदा सयौं ऐतिहासिक एवं पुरातात्विक सामग्री नष्ट भएको जानकारी दिए ।
उनका अनुसार कोठाभित्रका पुस्तक र सामग्रीको रेखदेख एवं संरक्षण सम्वद्र्धन काम अवरुद्ध भएपछि नरहरीनाथका आधिकारिक प्रतिनिधिलाई जिम्मेवारी दिन पटक–पटक अनुरोध गरे पनि कुनै प्रतिक्रिया आएन ।
गत वर्षको वैशाख १२ र २९ गतेको मुकम्पले नरहरीनाथ आ श्रम जीर्ण भएर भत्किने अवस्थामा पुग्यो । सो क्रममा कति सामग्री ढुटोमाटो बनेको भन्दै परिषद्ले संस्थानलाई ताल्चा खोलेर संरक्षण गर्नसमेत आग्रह गर्यो तर पनि कुनै सहयोग भएन ।
यसैबीच, परिषद्ले नरहरीनाथको स्वर्ण जयन्ती मनायो । त्यसको दुई सातापछि चैत १५ गते काठमाडौंमा आएको ठुलो हावाहुरीले आ श्रमको टिनको छानो उडायोे र कोठाभित्रका महत्वपूर्ण सामग्री पूर्णरुपमा नष्ट हुने अवस्थामा पुगे ।
महासचिव पोखरेलले परिषद्ले समाज र राष्ट्रका निम्ति अत्यन्त महत्वपूर्ण सामाग्री हुने ठहर गर्दै सुरक्षित स्थानमा सारेको जानकारी दिए । उनले मंगलबार अन्नपूर्णसँग भने, ‘त्यसपछि संस्थान, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय र पशुपति क्षेत्र विकास कोषलाई लिखित पत्राचार गरेर जानकारी गरायौं तर कतैबाट कुनै पहल भएको छैन ।'
परिषद्ले सुरक्षित गर्ने प्रयासमा ३९ हजार नौ सय ४७ सामग्री अहिले पनि अलपत्र अवस्थामा राखिएका छन् । त्यसमा हस्तलिखित ऐतिहासिक एवं पुरातात्विक महत्वका कागजात छ सय ७१, नरहरीनाथद्धारा हस्तलिखित पाण्डुलिपीहरु पाँच सय २७, गोरखनाथ मठ मृगस्थलीसम्बन्धी ऐतिहासिक कागजात एक सय ३६, परिषद्सम्बन्धी कागजात एक सय ८१, नरहरीनाथद्धारा विभिन्न कार्यका लागि प्रदान गरिएका प्रत्याधिकार पत्रहरु ६३, कर्मवीर महामण्डलसम्बन्धी कागजात ७९, गुठी संस्थानसम्बन्धी कागजात १४, कोटीहोमसम्बन्धी कागजात चार सय ११, आयुर्वेदसम्बन्धी कागजात एक सय ९ छन् ।
यसैगरी, नरहरीनाथले विभिन्न व्यक्ति तथा संघसंस्थालाई लेखेका पत्रहरु एक हजार ३८, विश्व हिन्दु महासंघसम्बन्धी कागजात ९६, देवघाटस्थित वागेश्वरी आ श्रमसम्बन्धी कागजात ६१, विभिन्न व्यक्ति तथा संघसंस्थाले योगीजीलाई लेखेका पत्र चार सय २१, योगीजीसँग सम्बन्धित तस्वीर चार सय ३८, योगीजीका अन्तर्वार्ता तीन, पत्रपत्रिकामा प्रकाशित लेखरचना ७०, योगीजीद्धारा संस्थापित ११ पत्रपत्रिका तीन हजार छ सय ३७, सम्मानपत्र अभिनन्दन पत्र एवं प्रमाणपत्र ३५, श्रव्यसामग्री ४९ र अन्य एक हजार ५ सामग्री छन् ।
पोखरेलले उक्त सामग्रीहरु खुला रुपमा रहेका कागजातका थुप्राबाट संकलन गरिएको र कपडाको ३५ वटा पोकामा बाँधेर राखिएका सामग्रीहरुको संरक्षणको काम सुरु गर्न नपाएको बताए ।
उनले मृगस्थलीस्थित भवनको माथिल्लो तलामा राखिएको जानकारी दिँदै भने, ‘झन्डै दुई ट्रक पुस्तक, कागजातहरु किरा धमिरा र घामपानीले माटोतुल्य भएका छन् । अप्रकाशित उहाँका थुप्रै पाण्डुलिपीहरु नष्ट भइसकेका हुन सक्छन् ।'
परिषद्का अध्यक्ष योगी श्रीषनाथले सरकारले चासो नदेखाएपछि परिषद्ले प्राचीन स्मारक संरक्षण ऐन २०१३, अभिलेख संरक्षण ऐन २०४६, पशुपति क्षेत्र विकास कोष ऐन २०५०, युनेस्को र राष्ट्रिय/अन्तर्राष्ट्रिय मूल्यमान्यता तथा नीतिनिर्देशनहरुप्रति पूर्ण सजग रही सामग्रीहरु संरक्षण गर्ने प्रयत्न गरेको जानकारी दिए ।
गोरक्षपीठका महन्तसमेत रहेका उनले मार्टिन चौतारीले मंगलबार कर्णाली डायलगमा भने, ‘योग प्रचारिणी महासभा र इतिहास प्रकाश संघको केन्द्रीय कार्यालय मृगस्थलीमै रहेको र यही स्थनमा नेपाल र भारतका थुप्रै हस्तलिखित पाण्डुलिपी संकलन भई सम्पादन हुने भएकाले नेपाल र भारतका थुप्रै सामग्री नष्ट भइसकेको हुनुपर्छ ।
सडेगलेका र धुजाधुजा भए पनि अध्ययन गर्नसक्ने प्रविधिको संभावना भएकाले यथास्थितिमै सुरक्षित राखेका छौं ।'गुठी संस्थानका प्रवक्त सरोज थपलियाले सम्बन्धित सबै पक्ष राखेर मुचुल्का गर्ने भन्दाभन्दै ढिलो भएको र भूकम्पले केही क्षति पुर्याएको बताए । पशुपति क्षेत्र विकास कोषका कार्यकारीनिर्देशक रमेश उप्रेतीले नरहरीनाथका सामग्री राज्यको सम्पत्ति भएकाले कोषले गोरखनाथ सत्तलमात्र पुनर्निर्माणका क्रममा बनाउन लागेको जानकारी दिए ।