संविधान संशोधनविरुद्ध प्रदर्शनीमार्गमा प्रदर्शन
काठमाडौं: सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावकाविरुद्ध राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रदर्शन भएको छ ।
एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुलीको अगुवाईमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले देश टुक्राउने नियतसहित संबिधान संसोधन प्रस्ताव अघि बढेको बताउँदै प्रधानमन्त्रीको राजीनामासमेत मागेका थिए ।
अखिल सचिव पराजुलीले नेपालको तराई क्षेत्रलाई भारतमा गाभ्ने इन्दिरा गान्धिको पुर्वयोजना अनुसार अहिले संबिधान संसोधन प्रस्ताव अघि बढेको आरोप लगाए । उनले स्वाभिमानी नेपालीका लागि संबिधान संसोधन प्रस्ताव अस्विकार्य रहेको बताउँदै आम नागरिकले स्वतस्फुर्तरुपमा आन्दोलनमा सहभागीता जनाइरहेको पनि बताए ।
अनेरास्ववियुका केन्द्रिय सदस्य अशोक थापाले लुम्बिनीलाई पहाडी भुगोलसँग छुट्याएर वुद्धभूमिमाथी भारतले गिद्धे दृष्टि लगाएको अरोप लगाए । उनले जनतालाई फरक फरक कित्तामा छुट्याएर राष्ट्रियता बलियो नहुने बताउँदै हिमाल पहाड र तराईको अक्षुण सम्बन्धलाई बिगार्न वर्तमान सत्ता गठबन्धन लागि परेको पनि बताए ।
प्रदर्शनकारीहरुले प्रचण्डको राजीनामा माग्दै भारततिरै जान आग्रह गरेका थिए ।