नयाँ नाममा खुल्यो ‘नाङ्लो’
काठमाडौः दरबारमार्गको चार दशक पुरानो ‘नाङ्लो रेस्टुरेन्ट एन्ड पब’ नयाँ नाममा पुनःसञ्चालन हुन थालेको छ । दाजुभाइ र घरजग्गाधनीबीचको त्रिकोणीय झगडाका कारण झन्डै दुई वर्षदेखि बन्द नाङ्लो पुरानै ठाउ“मा ‘स्याम्स वान ट्री क्याफे’ नामबाट सञ्चालन भएको हो ।
रेस्टुरेन्ट परिसरमा संस्थापक श्याम कक्षपतीले वरको रुख रोपेका थिए । सोही रुखलाई समेटेर रेस्टुरेन्टको नामाकरण गरिएको कक्षपतीले जानकारी दिए । रेस्टुरेन्टको कलरसहित सम्पूर्ण सजावट परिवर्तन गरिएको छ । धेरैजसो कर्मचारी फेरिएका छन् ।
रेस्टुरेन्टमा श्रवणशक्ति नभएका २० जनासहित ५० जना कर्मचारी कार्यरत छन् । बन्द हुने बेला रेस्टुरेन्टको व्यवस्थापन हेरिरहेका श्यामका भाइ गोपाल कक्षपतीको विवादका कारण नाङ्लो बन्द भएको थियो । गोपालले कमलादीमा नाङ्लो रेस्टुरेन्ट एन्ड पबको नाममा व्यवसाय सुरु गरेपछि दाजुभाइको झगडा अदालतसम्म तानिएको छ ।
तैपनि श्यामलाई पुरानो नाम प्रयोग गर्न अदालतले रोक लगाएको थिएन । तर, घरजग्गाधनी योगेश्वर अमात्यको पुरानो नाम प्रयोग हुन नहुने शर्तका कारण रेस्टुरेन्टको नाम परिवर्तन भएको छ । अमात्यले नाङ्लो नामका कारण गोपालले पनि दाबी गरेर पुनःलफडा हुने आशंकाका कारण उक्त नाम राख्न दिन चाहदैनथे ।
रेस्टुरेन्टमा स्वदेशी र विदेशी गरी एक दर्जन परिकार थपिएको छ । ‘नाङ्लोले पस्किएका कतिपय परिकार यथावत राखेका छौं, अहिले थाई, चाइनिज तथा पश्चिमा परिकारहरू थपिएका छन्’, कक्षपतिले भने । रेस्टुरेन्टको किचन पारदर्शी बनाइएको छ । ग्राहकले बाहिरैबाट किचन देख्न सक्छन् ।
रेस्टुरेन्टमा एकैपटक तीन सय जनालाई सेवा दिन सकिने उनले जानकारी दिए । साथै, परिवार र समूहमा आउने ग्राहक लक्षित तीनवटा कोठा बनाइएको छ । नाङ्लो सन् १९७६ मा खोलिएको थियो । ब्रान्डका रूपमा स्थापित भइसकेको नाङ्लो सबैसामु परिचित भइसकेको थियो । नेपालमा रेस्टुरेन्ट÷क्याफे संस्कृति सुरुवात गराउने श्रेय पनि नाङ्लोलाई जान्छ । दाजु श्याम र भाइ गोपालले सगोलमा चलाइरहेको नाङ्लो ब्रान्ड अन्ततः पारिवारिक झगडाको शिकार बन्यो ।
नयाँ नामबाट रेस्टुरेन्ट सुरु भए पनि पुराना ग्राहक खुसी भएर आउन थालेको कक्षपति बताउँछन् । २०५७/५८ देखि गोपालले नाङ्लोको अपरेसन सम्हालेका थिए । अपरेसन हेर्ने गोपालले समयमा भाडा तिर्दैनथे । योगेश्वर अमात्यको परिवारले भाडाका लागि बारम्बार ताकेता गर्नुपर्ने अवस्था बन्यो ।
घरभाडा नतिरेकै कारण अमात्य परिवारले घर खाली गर्न सूचना दिनुपरेको थियो । अमात्य परिवारको गुनासो गोपालसँग थियो । तर, श्यामले त्यही ठाउँमा रेस्टुरेन्ट खोल्ने इच्छा देखाएपछि अमात्य परिवार घरभाडामा दिन राजी भयो । तर शर्त राखियो, रेस्टुरेन्टमा गोपालको सेयर र नाङ्लो ब्रान्ड हुनुहुँदैन । त्यही शर्त बमोजिम ‘स्याम वन ट्री क्याफे’ जन्मिएको हो ।
रेष्टुरेन्टमा स्वदेशी र विदेशी गरी एक् दर्जन परिकार थपिएको छ ।
कक्षपतीले भने, ‘अमात्य परिवारसँग घरभाडामा नयाँ अन्डरस्टान्डिङ भइसकेको छ, अब रेस्टुरेन्ट राम्रोसँग चल्छ ।’ कक्षपतीले सन् १९७३ मा रत्नपार्कमा ‘क्याफे डी पार्क’ रेस्टुरेन्ट खोलेका थिए । त्यो समयमा राम्रा पसल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, एयरलाइन्स कम्पनी रत्नपार्कमा केन्द्रित थिए ।
विस्तारै भीडभाड बढेपछि रत्नपार्कको व्यावसायिक गतिविधि दरबारमार्गमा सर्न थाल्यो । उनले पनि रत्नपार्कको रेस्टुरेन्ट बन्द गरेर दरबारमार्गमा नाङ्लो सुरु गरे । नाङ्लो खुलेपछि उडल्यान्ड, शेर्पा, याक एन्ड यतीलगायत होटेल तथा रेस्टुरेन्ट खुल्दै गएका हुन् । इन्फोरेस्टुरेन्टमा स्वदेशी र विदेशी गरी एक दर्जन परिकार थपिएको छ ।