ओप्पोलाई इमर्जिङ ब्रान्ड अवार्ड
काठमाडौंः ओप्पोलाई भारतमा आयोजित वल्र्ड मार्केटिङ कंग्रेस ग्लोबल ब्रान्ड एक्सिलेन्सी अवार्ड २०१६ मा ‘इमर्जिङ ब्रान्ड अवार्ड’ द्वारा सम्मानित गरिएको छ ।
सन् २०१६ मा सेल्फि एक्स्पर्ट स्मार्टफोनको सफल प्रमोसन तथा युवा उपभोक्तासँग कायम गरेको उत्कृष्ट सम्बन्धका कारण ओप्पोलाई यो अवार्डद्वारा सम्मान गरिएको हो । उपभोक्तामाझ उत्कृष्ट क्यामेरा तथा अत्याधुनिक फिचर्सकासाथ बजारमा आएको ओप्पोले पछिल्लो समय तीव्र गतिमा लोकप्रियता हात पार्दै आएको छ ।
कार्यक्रममा ओप्पो इन्डियाका ब्रान्ड डिरेक्टर विल याङ्ले अवार्डले उपभोक्तामाझ नवप्रवर्तन र उत्कृष्ट गुणस्तर पस्कने ब्रान्डको निरन्तर प्रयासलाई थप हौसला प्राप्त भएको बताएका छन् ।
फोनमा रहेको क्यामराले उत्कृष्ट अनुभव प्रदान गर्ने भएका कारण विश्व बजारमा ब्रान्डले बेग्लै पहिचान बनाउन सफल भएको उनले बताए । यसलाई निरन्तरता दिँदै विश्व बजारमा उत्कृष्ट प्रिमियम ब्रान्डका रूपमा स्थापित हुने कम्पनीको लक्ष्य छ ।