जगदम्बा सिमेन्टको प्रायोजनमा नेपाल तेस्रो

जगदम्बा सिमेन्टको प्रायोजनमा नेपाल तेस्रो

काठमाडौः जगदम्बा सिमेन्टको प्रायोजनमा हालै थाइल्यान्डको बैंककमा सम्पन्न ‘दोस्रो एसियन रोल बल च्याम्पियनसिप’मा नेपाल तेस्रो स्थान हासिल गर्न सफल भएको छ । जगदम्बा सिमेन्टले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गरेको छ ।

उक्त प्रतियोगितामा पुरुषतर्फको सेमिफाइनलमा नेपाल पाकिस्तानसँग ७–४ ले पराजित भएको थियो भने श्रीलंकासँग तेस्रो स्थानका लागि भएको खेलमा २–१ ले विजयी भएको थियो । सोही प्रतियोगिताको महिलातर्फ भएको खेलमा थाइल्यान्डलाई पराजित गर्दै नेपाल तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

जगदम्बा सिमेन्टले आफूलाई उत्पादन, बिक्रीवितरणमा मात्र सीमित नराखी जनउत्तरदायी कार्यक्रम पनि गर्दै आएको जनाएको छ । त्यसैको निरन्तरतास्वरूप कम्पनीको प्रायोजनमा नेपालले सहभागिता जनाएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.