सानिमा बैंकले सुरु गर्यो चिपमा आधारित कार्ड
काठमाडौः सानिमा बैंकले आफ्ना ग्राहकका लागि चिप प्रविधिमा आधारित डोमेस्टिक डेबिट, क्रेडिट र डलर डेबिट÷ट्राभल कार्ड सञ्चालनमा ल्याएको छ ।
बिहीबारदेखि सञ्चालनमा आएको चिपकार्ड एटीएम तथा पीओएस मेसिनमा कारोबार गर्न सुरक्षित हुने बैंकले जनाएको छ । नयाँ प्रविधिमा आधारित चिपकार्डबाट ग्राहकले ढुक्क भई सुरक्षित कारोबार गर्न सक्नेछन् ।
चिपबेस कार्डबाट कारोबार गर्दा प्रत्येक कारोबारमा नयाँ कोड सिर्जना गर्ने र सोही कोड पुनःप्रयोग गर्न नसकिने भएकाले कारोबार बढी सुरक्षित हुने बैंकले जनाएको छ । बैंकले छिट्टै नै डलर क्रेडिट कार्ड पनि जारी गर्ने जनाएको छ ।