महालक्ष्मीको आठ प्रतिशत बोनस सेयर दिने निर्णय
काठमाडौः महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७२।७३ को मुनाफबाट आठ प्रतिशतका दरले बोनस सेयर प्रदान गर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात बोनस सेयर वितरण गर्नेछ ।
मालिका विकास बैंक लिमिटेडमा महालक्ष्मी फाइनान्स लिमिटेड तथा सिद्धार्थ फाइनान्स लिमिटेड गाभिएपश्चात बनेको महालक्ष्मी विकास बैंक लिमिटेडले तत्कालिन मालिका विकास बैंक लिमिटेडको मुनाफाबाट मात्र यो बोनस सेयर वितरण गर्ने निर्णय गरेको जनाएको छ । नेपाल अधिराज्यभर ४० शाखा रहेको बैंकको चुक्ता पुँजी एक सय १६ करोड छ भने ११ अर्ब ४४ करोड निक्षेप संकलन गरी नौ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ ।