पर्यटन प्रवद्र्धन गर्न ‘एक्सपिरियन्स नेपाल' अभियान

पर्यटन प्रवद्र्धन गर्न ‘एक्सपिरियन्स नेपाल' अभियान

काठमाडौः पर्यटक आगमन बढाउन भन्दै नेपाल पर्यटन बोर्डले हिमालयन बैंक र अमेरिकन ‘एक्सप्रेस' सँगको सहकार्यमा ‘एक्सपिरियन्स नेपाल' अभियान सुरु गरेको छ । नेपालको पर्यटकीय गन्तव्यलाई विश्व बजारममा प्रचारप्रसार गर्ने उद्देश्यले अभियान सुरु गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक जोशीले जानकारी दिए ।

बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बोर्डका सिईओ जोशी, हिमालयन बैंकका सिईओ अशोकशमशेर जबरा र अमेरिकन एक्सप्रेस को–इन्डियाका सिईओ मनोज अदल्खाले संयुक्त रूपमा अभियानको औपचारिक सुरुवात गरेका थिए ।

पर्यटन प्रवद्र्धन गरी आगामी सन् २०२० सम्म वार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउने योजनासँगै सन् २०१८ मा ‘नेपाल घुम्ने वर्ष' मनाउने तयारीका साथ अभियान सञ्चालन गरिएको जोशीले बताए ।

यो अभियानमा नेपालका गन्तव्यबारे अमेरिकन एक्सप्रेस आफ्नो वेभ पेज, सामाजिक सञ्जाललगायतका माध्यमबाट नेपालमा आउने पर्यटकले पाउने सुविधा, छुट तथा गन्तव्यसम्बन्धी बजारीकरण गर्नेछ । ३२ मुलुकबाट नेपाल घुम्न आउने पर्यटकलाई नेपालबारे जानकारी दिँदै नेपाल भ्रमण गर्न प्रमोसन गर्नेछ ।

त्यस्तै हिमालयन बैंकले विभिन्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामार्फत अभियानको प्रचारप्रसार गर्ने बैंकका सिईओ अशोकशमशेर जबराले बताए । नेपालमा पर्यटन आगमन बढाउन अभियानले महŒवपूर्ण भूमिका खेल्नेसमेत राणाले दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.