मधेसी मोर्चालार्इ प्रधानमन्त्रीको आग्रहः संविधान संशोधन प्रस्तावलाई समर्थन गर्नुस्

मधेसी मोर्चालार्इ  प्रधानमन्त्रीको आग्रहः संविधान संशोधन प्रस्तावलाई समर्थन गर्नुस्

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा समर्थन जनाउन आग्रह गरेका छन्।

प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सहमति जनाउन मोर्चाका नेताहरुलाई आग्रह गरेका हुन्। तर, प्रधानमन्त्रीको आग्रहलाई मधेसी मोर्चाका नेताहरुले भने अस्वीकार गरेका छन्।

छलफलमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक समीकरण र परिस्थितिका कारण सवै माग सम्बोधन गर्न सम्भव नभएको र सम्भव भएसम्मका मुद्दालाई समेटेर सरकारले ल्याएको संशोधन प्रस्तावलाई समर्थन गर्न मोर्चाका नेताहरुलाई भनेका थिए। प्रधानमन्त्रीले संशोधन प्रस्तावमा समर्थन गरेर निर्वाचनमा जान पनि मोर्चालाई आग्रह गरेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए।

मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्थावलाई स्वीकार गर्न नसकिने बताएका थिए। मोर्चाका नेता एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले पेश गरेको संविधान संशोधन विधेयकमा आफूहरुले उठाएका माग नसमेटिएकाले स्वीकार गर्न नसकिने बताए।

यादवले संविधान संशोधन प्रस्तावलाई नसच्याइसम्म मधेसी मोर्चाले विधेयकमा समर्थन नजनाउने बताए। उनले सरकारले संशोधनको प्रस्तावमा आफूहरुले विगतदेखि उठाउँदै आएका माग समेटिएपछि मात्रै निर्वाचनमा जान सकिने बताए।

मधेसी मोर्चासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरु सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.