संविधान संशोधन प्रस्तावको विरोधमा एमालेद्वारा संसद बैठक अबरुद्ध

संविधान संशोधन प्रस्तावको विरोधमा एमालेद्वारा संसद बैठक अबरुद्ध

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अबरुद्ध गरेको छ। सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोध गर्दै एमालेले बिहीबारको संसद बैठक अबरुद्ध गरेको हो।

बैठक सुरुमै विशेष समय लिएर नेकपा एमालेका उपाध्यक्ष बामेदव गौतमले बोले लगत्तै एमालेका सांसदहरुले वैठक अबरुद्ध गरेका हुन्। बैठकमा बोल्दै एमाले उपाध्यक्ष गौतमले सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाए।

गौतमले प्रदेशको सीमांकनलाई हेरफेर गर्दै सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्नु संविधानको उल्लंघन भएको आरोपसमेत लगाए।

गौतमले बोले लगत्तै एमालेका सांसदहरु उठेर विरोध जनाए। त्यसपछि सभामुख ओनसरी घर्तीले आशन ग्रहण गर्न पटक पटक आग्रह गरेपनि एमालेका सांसदहरुले आशन ग्रहण नगरेपछि बैठक शुक्रबार दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको हो।

एमालेसहित नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमाेर्चाले संविधान संशोधन प्रस्तावको विरोध गर्दै संसद बैठकमा अबरुद्ध बनाएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.