अब पुरुषका लागि गर्भनिरोधक ‘इन्जेक्सन’

अब पुरुषका लागि गर्भनिरोधक ‘इन्जेक्सन’

एजेन्सीः एक अध्ययनले अब गर्भनिरोधक इन्जेक्सन अर्थात् सुई महिलाले मात्र नलगाए हुने निष्कर्ष निकालेको छ । गर्भ रहनबाट रोक्नका निम्ति पुरुषलाई हर्मोन इन्जेक्सन दिन सकिने उक्त अध्ययनले देखाएको छ ।

अमेरिकामा गरिएको एक अध्ययनका क्रममा यस्तो तथ्य सार्वजनिक भएको हो । अध्ययनमा अमेरिकी दुई सय ७० पुरुषमा परीक्षण गरिएको छ । यसरी परीक्षण गरिएका दुई सय ७० पुरुष मध्ये चार जनाका श्रीमती मात्र गर्भवती भएका थिए ।

यस्तो इन्जेक्सन लगाएर यौनसम्पर्कपछि जन्मिएका सन्तान भने स्वस्थ्य नभएको अध्ययनले देखाएको छ । यस्तो इन्जेक्सन लगाएर भएको यौन सम्पर्कपछि जन्मिएका बच्चाको अनुहारमा दाग देखिएको छ । त्यस्तै बच्चामा बिना कारण मूड बिग्रिएको पनि उनीहरुले गुनासो गरेका छन् ।

पुरुषका लागि गर्भनिरोधक इन्जेक्सनको अनुसन्धानमा अमेरिकी वैज्ञानिक विगत २० वर्षदेखि लगातार लागि परेका थिए । पछिल्लो अनुसन्धानले केही हदसम्म पुरुषका लागि इन्जेक्सन काम लाग्ने देखिए पनि यसले पूर्णरुपमा काम गर्न नसकेको उनीहरुको ठहर छ । उनीहरुले बिना हानी पुरुषको शुक्राणु कम उत्पादन गर्ने प्रक्रियाको खोजी भइरहेको बताएका छन् ।

वैज्ञानिकहरुले पुरुषमा उत्पादन हुने १.५० करोड शुक्राणुलाई प्रति मिलिलिटर बाट घटाएर १० लाख प्रति मिलिलिटरमा झार्ने प्रयास भइराखेको बताएका छन् । यसका लागि धेरै हर्मोनको आवश्यकता पर्ने उनीहरुको ठहर छ ।

यो सम्बन्धी अध्ययनका तथ्यहरु जर्नल अफ क्लिनिकल एंड्रोकाइनोलोजी एण्ड मेटाबोलिन्जममा प्रकासित भएको बिबिसीले जनाएको छ । यसरी परीक्षण गरिएका पुरुषलाई आठ हप्तामा दुई हर्मोन प्रोजेस्टेराँट र एक तरिकाको टेस्टोस्टेराँन दिइएको रिपोर्टमा उल्लेख छ ।

उक्त अध्ययनका क्रममा ६ हप्तासम्म निरन्तर निगरानी गरिएको थियो । इन्जेक्सनले विर्यमा शुक्राणुको संख्या १० लाख प्रति मिलिलिटरले कम भएको थियो । यद्यपी इन्जेक्सन दिन छोड्दा भने शुक्राणु भारी मात्रामा बढेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ। यो अनुसन्धानबाट पुरुषले समेत गर्भनिरोधक इन्जेक्सन प्रयोग गर्न सक्ने विश्व स्वास्थ्य संगठनका डा. मारियो फेस्टिनले बताएका छन् ।

डाक्टर फेस्टिनका अनुसार अनुसन्धानकर्ताले त्यही हर्मोनको अलगअलग मात्रमा प्रयोग गरेर नयाँ प्रयोग गर्ने विचार गरेको बताएका छन् । यो अनुसन्धान सफल गर्भनिरोधक इन्जेक्सन महिलाले मात्र लाउनु पर्ने झन्झटबाट मुक्ति पाउने छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.