बुढीगण्डकी आयोजनाको कार्यालय तोडफोडः दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार

बुढीगण्डकी आयोजनाको कार्यालय तोडफोडः दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार

गोरखाः मुआब्जा सम्बन्धी विवाद बढ्दै जाँदा स्थानीयवासीले बिहीबार बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय तोडफोड गरेका छन् ।

घ्याल्चोक र आसपासका गाविसबाट सयौँको संख्यामा जम्मा भएका स्थानीयवासीले घ्याल्चोक ९ सिउरेनीटारमा रहेको आयोजनाको कार्यालय तोडफोड गरेका हुन् ।

प्रहरी र कार्यालय तोडफोडमा संलग्न प्रदर्शनकारीबीचको झडपमा एक प्रहरी घाइते भएका छन् । कार्यालय तोडफोडमा संलग्न नौ जना सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्वसाधारणले सुरुमा कार्यालयमा तालाबन्दी गरेका थिए । ताला खोल्ने विषयमा विवाद चर्कदै गएपछि आक्रोशित स्थानीयवासी कार्यालयको झ्याल र ढोका तोडफोड गर्दै भित्र छिरेका हुन् । स्थानीयवासीले कार्यालय तोडफोड गरेपछि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको छ । डिएसपी वीरेन्द्र थापाको नेतृत्वको प्रहरी टोलीले अहिले कार्यालयको सुरक्षा दिएको छ । कार्यालयबाट लखेटिएका सर्वसाधारण अहिले पृथ्वीराजमार्गको बेनीघाट सडक खण्ड अवरुद्ध गर्न पुगेका छन् ।

बुढीगण्डकी आयोजनाको प्रभावित क्षेत्रमा गोरखाका १४ र धादिङ १३ गाविस पर्छन् । मुआब्जाको विषयमा लामो समयदेखिको विवाद मिल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.