संविधान संशोधन प्रस्ताव विरुद्व टियुमा प्रदर्शन
काठमाडौंः सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावकाविरुद्ध त्रिभुवन विश्वविद्यालय परिसरमा प्रद्रर्शन भएको छ ।
एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पस परिसरमा संशोधन प्रस्तावको विरोधमा प्रदर्शन गरेको हो । उनीहरुले देश टुक्राउने नियतसहित संबिधान संसोधन प्रस्ताव दर्ता भएको भन्दै संशोधन प्रस्ताव फिर्ता लिन माग गरेका थिए ।
सो अवसरमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य माधव पन्तले स्वाभिमानी नेपालीका लागि संबिधान संसोधन प्रस्ताव अस्विकार्य रहेको बताए । भारतको इसारामा संशोधन प्रस्ताव आएको र यसले देश टुक्रन सक्ने भन्दै सचेत हुनुपर्ने उनले बताए ।
हिमाल पहाड र तराईको अक्षुण सम्बन्धलाई बिगार्न वर्तमान सत्ता गठबन्धन लागि परेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।