प्रभु बैंकको नयाँ शाखा अछाममा
काठमाडौंः प्रभु बैंक लिमिटेडले अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर आठमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यूके एड सक्षमको सहकार्यमा बैंकले अछाममा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका मुख्य व्यवस्थापक वि श्रुत थापाले गरेका छन् । नयाँ शाखाको विस्तारसँगै त्यस क्षेत्रका वासिन्दाले सरल र सहज रूपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्ने बैंकको विश्वास छ ।