एनएमबीको कर्पोरेट इन्टरनेट बैंकिङ सुचारु
काठमाडौः एनएमबी बैंकले कर्पाेरेट ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘एनएमबी कर्पोरेट इन्टरनेट बैंकिङ सिस्टम' सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना कर्पाेरेट ग्राहकलाई विश्वको कुनै पनि ठाउँबाट आफ्नो खाताको विवरण हेर्न तथा कारोबार प्रक्रियालाई थप सरल र सुरक्षित बनाउने उद्देश्यले यो सिस्टम सञ्चालनमा ल्याएको हो । यस सिस्टममा ग्राहकले हरेक कारोबारको टु फ्याक्टर अथेन्टिकेसन, सिग्नेचर म्याट्रिक्स प्रविधिबाट कारोबार प्रमाणिकरण, तथा हरेक कारोबारको प्रत्यक्ष विवरण हेर्न सक्नेछ । भरपर्दो तथा सुरक्षित रहेको यो सिस्टम नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको बैंकले दाबी गरेको छ ।