नाम्चेमा काष्ठमण्डप बैंकको एटीएम
काठमाडौः विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेश द्वार मानिने नाम्चे बजारमा काष्ठमण्डप डेभलपमेन्ट बैंकले एटीएम मेसिन सञ्चालनमा ल्याएको छ । ११ हजार दुई सय ८६ फिट उचाइमा एटीएम मेसिन सञ्चालनमा ल्याएर खुम्बुक्षेत्रको पदमार्गमा जाने पर्यटकलाई नगद बोकेर जानुपर्ने झन्झटबाट बैंकले मुक्त गरिदिएको जनाएको छ । बैंकले काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलस्थित होटेल आटर््समा पनि एटीएम सेवा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको एटीएम संख्या १० पुगेको बैंकले जनाएको छ ।