अत्याधुनिक प्रविधिको सर्वोत्तम सिमेन्ट
काठमाडौः सौरभ गु्रपअन्तर्गतको कम्पनी सर्वोत्तम सिमेन्ट प्रालिले अत्याधुनिक युरोपियन भिआरएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगबाट उत्पादित ग्रिन सर्वोत्तम ओपीसी र ग्रिन सर्वोत्तम पीएससी ब्रान्डका सिमेन्ट अधिराज्यभर बिक्रीवितरण भइरहेको कम्पनीले जनाएको छ ।
यस उद्योगबाट उत्पादित एक ग्राम सिमेन्टको मसिनोपना ४५०० वर्ग सेन्टिमिटरसम्म छ । क्रसबार कुलर र इन्टिलिजेन्ट मेसिन कन्ट्रोलबाट गुणस्तरमा एकरुपता ल्याई आफ्नैे इस्टिम इन्जिनबाट कम्पनीले विद्युत् उत्पादन गर्दै आएको छ ।
६ तहको प्रिहिटर प्रविधिबाट उत्पादित सर्वोत्तम सिमेन्ट एक्सरे डिफ््रयाक्सन मेसिनबाट परीक्षण गरी बजारमा ल्याउने पहिलो सिमेन्ट भएको कम्पनीले जनाएको छ । कम्पनीले अन्य सिमेन्ट उद्योगको तुलनामा कोइला तथा बिजुलीको खपत सबैभन्दा कम गरी वातावरणमैत्री उद्योगको रूपमा सिमेन्ट उत्पादन गर्दै आएको छ ।
यस उद्योगबाट उत्पादित सिमेन्ट वाटरपु्रफ लेमिनेटेड बोरामा प्याकिङ गरिएको हुनाले भन्डारण अवधिभर गुणस्तरमा कुनै क्षयीकरण नहुने कम्पनीको दाबी छ । पाल्पा र चितवनको चुनढुंगाको मि श्रणबाट नेपालको मध्यभाग नवलपरासीमा रहेको उद्योगले वार्षिक एक करोड २५ लाख बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ ।