कालिका माइक्रोक्रेडिट बैंकमा बोहरा
काठमाडौः कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मीनबहादुर बोहरा नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले बुघबारदेखि लागू हुने गरी आगामी चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा बोहरालाई नियुक्ति गरेको हो ।
नवनियुक्त सिईओ बोहरा २०५० सालदेखि तत्कालिन सुदुरपश्चिमाञ्चल ग्रामीण विकास बैंक (हाल नेपाल ग्रामीण विकास बैंक ) मा सहायक प्रथम पदबाट बैंकिङ करियर सुरु गरेको थिए । उनले २०५४ सालमा पश्चिमाञ्चल ग्रामीण विकास बैंक (हाल नेपाल ग्रामिण बिकास बैंक) को अधिकृत स्तरको पदमा काम गरी करिब १७ वर्ष लघुवित्त क्षेत्रको अनुभव रहेको छ ।
उनको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेड बुटवलमा कार्यकारी तहमा तीन वर्षभन्दा बढी समय काम गरेको अनुभव छ ।