'गोविन्द केसीले बालहठ देखाउनुभो, उहाँको जीवनका लागि मैले पद छोडे'

'गोविन्द केसीले बालहठ देखाउनुभो, उहाँको जीवनका लागि मैले पद छोडे'

काठमाडौंः आइओएमका नवनियुक्त डीन प्रा. डा. केशवप्रसाद सिंहले राजीनामा दिएका छन्।

केसीको जीवन रक्षाका लागि आफूले आइओएमको डीन पदबाट राजीनामा दिएको बताएका छन्।प्रा. डा. सिंहले त्रिवि उपकुलपति डा. तीर्थ खनियाँसमक्ष बुझाएको राजीनामा पत्रमा केसीबाट बालहठ प्रदर्शन उल्लेख छ। उनले भनेका छन्, बालहठ प्रदर्शन गर्नुभएकोले मलाई लाग्यो मेरो पद भन्दा मेरा अनन्य मित्रको जीवन महत्वपूर्ण सवाल हो।'

डा सिंहले शुक्रबार त्रिविका उपकुलपति डा. तीर्थ खनियाँसमक्ष राजीनामा पत्र बुझाएका हुन्।राजीनामा पत्र बुझाएपछि अन्नपूर्णसँग कुराकानी गर्दै सिंहले राजीनामा  गर्न दबाब दिइएकाले उपकुलपति खनियाँसमक्ष राजीनामा पत्र बुझाएको बताए। 

यसअघि त्रिवि उपकुलपति कार्यालयले ९ महिनापछि कात्तिक २८ गते मात्रै आइओएमको डिनमा प्रा डा. सिंहलार्इ नियुक्त गरेको थियो।

डिन सर्च कमिटीले सिफारिस गरेका प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केशवप्रसाद सिंह र प्रा डा ज्योति शर्मामध्ये त्रिवि उपकुलपति कार्यालयले सिंहलार्इ अाइअोएमको डीनमा नियुक्त गरेको थियो। 

सिंहले दिएको राजीनामा पत्र:

Kp-singh-resgin-letter

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.