नरेन्द्र मोदीको पुत्ला जनाउन खोज्ने नौ जना पक्राउ
काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउन खोज्ने नौ जना पक्राउ परेका छन् । प्रहरीले राजधानीको शान्ति बाटिकाबाट ग्रेटर नेपालका अध्यक्ष फडिन्द्रराज नेपालसहित नौ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तीनजना महिला भएको प्रहरीले जनाएको छ । मोदीको पुत्ला जलाउने प्रयास गर्दा गर्दै उनीहरु पक्राउ परेका हुन् ।