संविधान संशोधन प्रस्ताव बाँदरको घाउ जस्तै होः भट्टराई

संविधान संशोधन प्रस्ताव बाँदरको घाउ जस्तै होः भट्टराई

काठमाडौँः एमाले सचिव योगेश भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावले मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने बताएका छन् ।

राजधानीमा पत्रकारसँग भेटघाट गर्दै एमालेका प्रचार विभागका प्रमुखसमेत रहेका भट्टराईले तिनै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयनमार्फत अघि बढ्नुपर्नेमा जोड दिए ।

नेता भट्टराईले संविधान संशोधन बाँदरको घाउ सरहल हुने बताए । ‘संविधान कार्यान्वयनमार्फत् लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको दिशातिर अघि बढ्नुपर्नेमा औचित्य र आवश्यकताबिनाको संशोधन बाँदरको घाउसरह हुन्छ’, भट्टराईले भने ।

कार्यान्वयनको अभ्यासमै नगई सीमाङ्कनको हेरफेर गरिनु संविधानको भावनाविपरीत भएको भन्दै उनले एमालेले आन्दोलनबाट संविधान संशोधनको प्रस्ताव असफल बनाउने नीति लिने बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.