अमेरिकी राजदूतावासबाट ६ नयाँ ईङ्गलिस एक्सेस कार्यक्रम प्रारम्भ

अमेरिकी राजदूतावासबाट  ६ नयाँ ईङ्गलिस एक्सेस कार्यक्रम प्रारम्भ

काठमाडौं : अमेरिकी दूतावास काठमाडौंले नेपालमा काठमाडौं लगायत दाङ, जनकपुर, गुल्मी, धादिङ, र बाँके गरी ६ स्थानमा नयाँ ईङ्गलिस एक्सेस माईक्रोस्कोलरशिप कार्यक्रमहरु प्रारम्भ गरेको छ।

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले आज आज एक कार्यक्रमका बिच स्वयम्भुस्थित न्यामग्याल निम्न माध्यामिक बोर्डिङ स्कुलमा ईङ्गलिस एक्सेस कार्यक्रमको उदघाटन गरे।

एक्सेस कार्यक्रमले आर्थिक रुपमा बिपन्न क्षेत्रका १३ देखी १६ बर्ष सम्मका मेधाबी बिद्यार्थीहरुलाई अंग्रेजी भाषा शिपको आधार प्रदान गर्दछ। दुई बर्ष लामो स्कुल समय पछिको एक्सेस कक्षा र गहन सिकाईको दौरानमा कार्यक्रमले सहभागी बिद्यार्थीहरुलाई राम्रो रोजगारको अबसर र शैक्षिक दृष्टिकोण हुनेगरी अंग्रेजीको शिप हासिल गर्न मद्दत गर्दछ। सहभागी बिद्यार्थीहरुले भबिष्यमा अमेरिकी शैक्षिक आदान-प्रदान कार्यक्रममा प्रतिष्पर्धा गर्ने, सहभागी हुने र अमेरिकामा अध्ययन गर्न सक्ने क्षमता प्राप्त गर्दछन् ।

सो अवसरमा राजदूत टेपलेट्जले भने, “एक्सेस कार्यक्रमले अंग्रेजी भाषा शिपका साथै अमेरिकी र नेपाली संस्कृतिहरुमा जोड दिने गर्दछ । र यसले बिद्यार्थीलाई वृत्ति विकास, सामुदायिक सेवा, कम्पुयटर शिप, समालोचनात्मक दृष्टिकोण र नेतृत्व शिपका साथै उनीहरुलाई मानव अधिकार र लैङ्गिक समानता सम्बन्धी शिक्षा पनि प्रदान गर्दछ । हरेक एक्सेस कक्षामा दश महिला र दश पुरुष बिद्यार्थी हुनुका साथै शिक्षक कर्मचारीको संख्यामा पनि लैङ्गिक समानता रहन्छ । यो एउटा यस्तो कार्यक्रम हो, जसबाट हामी साच्चै नै गौरवान्वित छौ।“

नेपालमा यो कार्यक्रमको कार्यान्वयनकारी संस्था नेपाल ईङगलिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा) ले हाल ९ वटा स्थानमा यस कार्यक्रम संञ्चालन गरिरहेको छ । अन्य दुई संस्था हिमालयन रुट्स टु फ्रुटस् र हिमालयन सोसाईटी फर यूथले पनि एक-एक कार्यक्रम सञ्चालन गरिरहेका छन् । एक्सेस कार्यक्रम हाल ४४० बिद्यार्थीहरुमा पुगिरहेको छ भने कार्यक्रमले २०६८ मा शुरू भएयता लगभग ६०० बिद्यार्थीहरु उत्पादन गरिसकेको छ ।

“मलाई एक्सेस कार्यक्रमको सबैभन्दा बढी मनपर्ने पक्ष भनेको यसले बिद्यार्थीहरुलाई आफनो क्षमता बुझी आफनो साथसाथै समुदायको परिस्थिती सुधार गर्ने सहयोग गर्दछ” नेल्टाका एक्सेस कार्यक्रम संयोजक कुञ्जारमणि गौतमले भने । “हाम्रा शिक्षकहरुले प्रयोग गर्ने बिद्यार्थी केन्द्रित र सामाग्रीमा आधारित भाषा शिक्षण शैलीले एक्सेस बिद्यार्थीलाई प्रेरित गर्न सफल भएको छ । यो विस्तृत सहयोगका कारण हाम्रा लगभग शतप्रतिशत एक्सेस बिद्यार्थी एसएलसीमा उतीर्ण हुन्छन् ।“

२०६१ बाट सुरू भएयता, ८५ राष्ट्रहरुमा लगभग ९५,००० बिद्यार्थीहरु एक्सेस कार्यक्रममा सहभागी भइसकेका छन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.