आत्मानन्द जन्मोत्सव र किरात पर्व 

आत्मानन्द जन्मोत्सव र किरात पर्व 

सोह्रौं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको पनातिका रूपमा जन्मनुभएका धर्मगुरु आत्मानन्द लिङ्देनको जन्म २०११ साल मंसिर १८ गते ब्रह्ममुहूर्त शुक्लपक्षमा मेची अञ्चल, इभाङ-५, चुुक्चिनाम्बा अगौटेमा पिता पुण्यप्रसाद र माता चन्द्रमाया चेम्जोङमाको कोखबाट भएको थियो । जन्मँदै आमाको दूध नखाएकाले गाईको दूध खुवाएर उहाँलाई बचाइयो । शिशुकालको नाम सोमबहादुर भए पनि पछि उहाँ आत्मानन्दका रूपमा प्रसिद्ध हुनुभयो ।

महान् दार्शनिक किरात धर्मका पुनर्संस्थापक फाल्गुनन्दको पुनः अवतार आत्मानन्द अवतरण हुनुभएको किरात धर्म वाङ्मयले स्वीकारेपछि मुहिगुम अङ्सिमाङ आत्मानन्द ईश्वरदूतका रूपमा पूजनीय भएपछि उहाँको जन्मदिन किरात धर्मको दुई पर्वका रूपमा मनाइन्छ ।

-प्रत्येक साल मंसिर १८ गते मुहिगुम अङ्सिमाङ आत्मानन्द शुभ जन्मोत्सव
-प्रत्येक साल मंसिर १८ गते किरात चाड उधौली पर्व
यी दुई चाडपर्वलाई संयुक्त मनाउँदा मंसिर १८, १९ र २० गते त्रिदिवसीय किरात महापर्वका रूपमा मान्ने परम्परा छ । यो पर्व राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विश्वको १५-२० मुलुकमा मनाइन्छ । स्कुलमा नपढी आत्मा छामेर आफैं ज्ञान आउँछ भन्ने आत्मादर्शी बालक पछि आत्मे-आत्मा संज्ञाबाट आत्मानन्द कहलिए ।

बालागुरु भनी बाल्यावस्थामा ज्ञानीबालक ध्यान-ज्ञान, जप-तप, दीक्षा-शिक्षा, योग साधनारत रहँदा भगवान् माङको आत्मा साक्षात्कार गरी पुनः ब्रह्मज्ञान दोहोर्‍याउन पाँच जना चेलाका साथ २०२७ साउनदेखि माघसम्म उनी इलामको फुलुंगी माइ तपोभूमिमा ध्यान गरी बसे । त्यस क्रममा दुईपटक व्रह्मज्ञान सिद्धिशक्ति पाएका आत्मानन्द नेपाल र नेपाली तथा किरातका एकमात्र सिद्धपुरुष सिद्धात्मा हुन् ।

परमात्मा तागेरानिङवाभूमाङको अभूतपूर्व दर्शन पाएका देवात्मा, महात्मा मुहिगुम अङसी माङ आत्मानन्दको देववाणी ईश्वरको दर्शन गरी मोक्ष भई जाने इच्छालाई माङबाट आज्ञा भयो ‘फाल्गुनन्दको अपूरो कामलाई पूर्ण गरेर मात्र आउनू' भन्ने । ‘ईश्वरको इच्छाअनुसार महागुरुको धर्मदर्शन पूरा गर्न आएको छु, मेरो निजी विचार केही छैन' भन्ने महावाणीसहित गुरुदेवले आफ्नो अवतरणको रहस्यमात्र बताउनुभएन, विश्व ब्रह्माण्डको सृष्टित्व वर्णन, भूत-वर्तमान-भविष्य त्रिकालको भविष्यवाणी गर्नुभयो ।

जलप्रलय, थलप्रलय, महाप्रलय, महाभूकम्प, भारत पाकिस्तानको युद्ध, भारत राज्य टुक्रिने, अमेरिकाको महाशक्ति घट्ने, युरोपियन, मुलुकहरू चकनाचुर हुने, तेस्रो विश्वयुद्ध, महाआँधीबेरी, महाबज्र चट्याङ झर्ने, शक्तिशाली ठूलाधर्महरू समाप्त हुने, सूर्यको तापक्रम बढ्ने, हिमालय पग्लेर होचिने, पेट्रोलियम पदार्थ गायब हुने, महाअनिकाल भयंकर आउने र संसारका शक्तिशाली राजा बासा समाप्त भई चीनमा जातीय युद्धले जनसंख्या घटेर ५० लाखमात्र रहनेजस्ता देववाणीहरू सार्वजनिक गर्नुभयो । यससम्बन्धी २०४९ माघ २ गते उहाँले बोलेको टेपरेकर्ड ‘भविष्यवाणी ग्रन्थ'का रूपमा प्रकाशनसमेत भएको छ ।

यस क्रममा विश्वका मानिसको एक सय ५० आत्मायानहरू पृथ्वीमा झरेको छ । अन्ततोगत्वा ज्ञानीहरूको ज्ञान, धनीहरूको धन हराउने एउटा सत्य दर्शनमात्र रही सुरु हुने स्थितिमा विश्वले आपूmलाई सोध्ने र विश्व समुदाय आफ्नो मुखारविन्दबाट मिल्नेजस्ता ‘विश्व शान्ति र मानव एकता'को भविष्यवाणी उहाँले गर्नुभएको छ । त्रिकालज्ञ भविष्यदर्शीको ६३औं नुमाङगेन्ना जन्मोत्सव र उधौली पर्व एकसाथ बाँझो-९, माङसेबुङ इलाममा बीसौं हजार भक्तजनको भेलाले लाखलाख महाबत्ती प्रज्ज्वलन, महाशक्ति अष्टयज्ञ धार्मिक विधाका साथ मनाउँछन् ।

योगदर्शी गुरुदेवको प्रमुख संरक्षकत्वमा किरात धर्म तथा साहित्य उत्थान संघ, किरात चोत्लुङ मुहिगुम अङ्सिमाङगेन्ना सेवा, महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठान, किरात ज्योतिष उत्थान संघ र विश्व किरात नारी संघ तथा निजी गुरुआ श्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समिति आदि वैधानिक संस्था क्रियाशील रही ज्ञानकाण्ड, कर्मकाण्ड तथा समसामयिक गतिविधिहरू गर्दै आएका छन् ।

फलतः आठ लाख १८ हजार तीन सय ८९ जनाले राष्ट्रिय जनगणनामा नाम उल्लेख गरी राज्यको चौथो दर्जा पाउने काम, फाल्गुनन्दलाई सोह्रांै राष्ट्रिय विभूति तथा उहाँको जन्मजयन्तीमा सार्वजनिक बिदा दिलाउने काम धर्मगुरुकै आशीर्वादको परिणाम भएको उक्त समुदायको विश्वास छ ।

इलाम बाँझो-७, उत्तरेनिवासी पवित्रहाङ्मा साँबासँग २०३२ माघ २२ गते विवाह गरी सांसारिक जीवनमा रूपान्तरण हुनुभएका बालागुरु अबको किरात धर्मगुरु गुरुआमाको छोराछोरी एक दर्जनका मातापिता हुनुभयो ।

उहाँले गुरुआ श्रम निर्माण, किरातेश्वर केन्द्रीय मन्दिर, किरात पण्डित, पुजारी, ज्योतिषी गुरुहरू उत्पादन, किरातको वेद मुन्धुमहरू प्रकाशन, सयौं मन्दिर निर्माण, फाल्गुनन्द प्रतिमा किरातगुरुकुल विद्यालय निर्माण, त्यसको अध्ययन अध्यापन, धार्मिक प्रवचन, प्रशिक्षण र देववाणी प्रसारण, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन महासम्मेलन गर्ने गराउने एवं देशविदेशका १५-२० राष्ट्र र विश्वमा विश्वशान्ति कायम गर्ने महानायक आत्मानन्दलाई फाल्गुनन्दको द्वितीय अवतार मुक्तिदाता, ज्ञानदाता र चेतनदाताका रूपमा लिइन्छ ।

दया, शान्ति, अहिंसा र सत्यको सिद्धिशक्तिका सम्वाहक धर्मगुरुको उपदेश छ, ‘मानव मोक्षका लागि धार्मिक सहिष्णुता कायम गरी विश्वशान्ति र मानव एकता कायम गर्न ब्रेड र ब्रेनले मात्र नभएर आत्मज्ञान, ब्रह्मज्ञान, परमात्माज्ञान, अध्यात्मज्ञानले देवविद्या र राजविद्या चलाउनुपर्छ ।'

आ श्रम लारुम्बामा ध्यानशाला, ज्ञानशाला, योगशाला, धर्मशाला, आरोग्यशाला, मुन्धुमशाला, वेदशाला, गौशाला, ज्योतिषशाला, विज्ञानशाला, जपतपशाला, शिक्षादीक्षाशाला, भक्तशाला, अनाथ बालबालिका र वृद्धवृद्धा श्रम, ब्रह्माण्डको मापनमा विशाल स्वर्णगजुरसहितको अखण्ड मन्दिर, अखण्ड श्रीखण्ड सार्वभौमिक अखण्ड सेवास्थल निर्माण गरी सर्वकालीन सर्वयुगीन अमर रहने देवसिद्धि, राजसिद्धि, मानवसिद्धिको अर्चना, उपासना, आराधना गर्ने हजारौं रोपनीको हातामा निर्माण भइरहेको छ ।

यही कर्मबाट देवविद्या-राजविद्या, व्रह्मविद्या र योगविद्याका ज्ञान महाज्ञान दिई परमगति परममोक्षधाममा विशिष्ट गुरुआसनमा आ िश्रत धर्मगुरुको विषयमा अझ बढी ज्ञान जान्न ‘महागुरु फाल्गुनन्दको अवतार आत्मानन्द' र धर्मगुरु आत्मानन्दको आत्मावृत्तान्त ग्रन्थ अध्ययन गरेमा पूर्ण ज्ञान पाइने विश्वास छ ।

यस अवसरमा उधौली पूजा सेवाका साथ मुहिगुम अङ्सिमा आत्मानन्द लिङ्देनको ६३औं जन्मोत्सवको उपलक्ष्यमा सिद्धिशक्ति, देवशक्ति, ज्ञानशक्ति ईश्वरशक्ति, आत्मापरमात्मा शक्ति, सर्वशक्ति, परमशक्ति प्राप्त गरी मत्र्यलोक, पाताललोक र स्वर्गलोक तीन-त्रिलोक, १८ भुवन परममोक्ष पाउन र जगत्का मानव जाति र सम्पूर्ण जीव पशुप्राणीलाई सुखशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ः
जीवस्व शरद्ःशतमनित्य शुद्धं निराभासं निराकारं निरञ्जनम् ।
नित्य बोध चिदानन्दं गुरोव्रह्मा नमाम्यहम्

सयौं बर्ष बाँच, सयौं शरद मनाऊ, नित्य शुद्ध, निरन्तर आत्मा आनन्द बोध गरी गुरु नै ब्रह्मा, गुरु नै विष्णु, गुरु नै महेश्वर हुन् भन्ने मूल्य र मान्यताका साथ गुब्रह्म गुरुविष्णु गुरुदेवो महेश्वर, गुरुसाक्षात् परब्रह्मा तस्मै श्रीगुरुदेवे नमः किरातेश्वर अवतार आत्मानन्दको माङ्लिङ्मा माङोप्मा माङ्केप्मा तागेरानिङ्वाभुमाङ केप्माका लागि अगाध श्रद्धा, आस्था भक्तिपूर्वक मंगलमय शुभकामना !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.