जापानी सम्राटको जन्मोत्सवमा पूर्वयुवराज्ञी हिमानी अतिथि

जापानी सम्राटको जन्मोत्सवमा पूर्वयुवराज्ञी हिमानी अतिथि

काठमाडौंः नेपालका लागि जापानी दूतावासले जापानी सम्राट अकिहितोको ८३ औं जन्मोत्सवको अवसरमा शुक्रबार एक समारोह आयोजना गर्‍यो।ताहाचलस्थित राजदूत निवासमा आयोजित कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी विशिष्ट अतिथिका रुपमा सहभागी थिइन्।

उनी सञ्चालक रहेको हिमानी ट्रस्टले भूकम्पपछिको पुनर्निर्माणका लागि सञ्चालन गरेका केही कार्यक्रममा जापानले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ।

कार्यक्रममा जापानी राजदूत मासासी ओगावाले नेपालले गत वर्ष संविधान जारी गरेको उल्लेख गर्दै आगामी दिनमा नेपालले शान्ति र राजनीतिक स्थायित्व हासिल गर्ने अपेक्षा रहेको बताए। उनले आफू नेपालबाट कुनै पनि बेला फिर्ता डाकिन सक्ने सम्भावना रहेको जनाए।

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन मुख्य अतिथि थिए। त्यस्तै सभामुख ओनसरी घर्तीमगर, मन्त्रीहरु, सरकारी उच्च अधिकारीहरु, सांसदहरु, विभिन्न दलका नेता, काठमाडौस्थित विदेशी कूटनीतिक नियोगका पदाधिकारी सहभागी थिए। जापानले सम्राटको जन्मोत्सवलाई राष्ट्रिय दिवसका रुपमा हरेक वर्ष मनाउने गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.