सिरहामा विद्युत् चुहावट दश प्रतिशतले घट्यो

सिरहामा विद्युत् चुहावट दश प्रतिशतले घट्यो

लहान: विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि सिरहामा करिब १० प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरको हालसम्म सञ्चालन गरेको विद्युत् चुहावट नियन्त्रण अभियानका कारण विद्युत् चुहावटमा सो कमी आएको विद्युत् प्राधिकरण वितरण केन्द्र, सिरहाले जनाएको छ ।

जिल्लामा गत वर्ष ५१ प्रतिशत विद्युत् चुहावट थियो, अहिले ४२ प्रतिशतमा झरेको केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए। अभियानका क्रममा हुकिङ गरी विद्युत् चोरी गर्ने ११४ जनालाई कारबाही गरेको उनले जानकारी दिए।

अभियानकाक्रममा विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ परेकाबाट रु नौ लाख छ हजार सात सय भन्दा बढी राजस्वसमेत असुली गरेको प्रमुख यादवले बताए।

यस्तै विद्युत् चोरी गर्नेबाट ६२ थान टिभी, ७५ थान विद्युत् मोटर र ४६ थान पङ्खालगायतका विद्युत् उपकरणसमेत बरामद गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले साउनदेखि मङ्सिरको दोस्रो सातासम्ममा ३०७ जना ग्राहकको घरमा जडान गरिएको विद्युत्को लाइन काटिएको र तीमध्ये १२२ जना ग्राहकले रु ३८ लाख ९३ हजार राजस्व बुझाएको केन्द्र प्रमुख यादवले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.