उपराष्ट्रपति पुन र सभामुख घर्तीबीच भेटवार्ता

उपराष्ट्रपति पुन र सभामुख घर्तीबीच भेटवार्ता


काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच आज बिहान भेटवार्ता भएको छ।

उपराष्ट्रपतिको निवासमा भएको भेटका क्रममा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेका गतिविधिबारे जानकारी गराएकी छिन् । सभामुखले मङ्सिर ५ देखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमण र दुबईमा हुने महिला सभामुखको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लागेको बारे जानकारी गराएकी छिन् ।

सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसद्मा देखिएको मतभिन्नता अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल गरेको जानकारी पनि गराएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

नेताहरुको छलफलका क्रममा सहमतिको राजनीतिलाई नै अघि बढाउन आफूहरु प्रतिबद्ध रहेको बताएको र दलहरुबीचको अविश्वास हटाएर सहमतिका लागि आवश्यक परेमा आफूले भूमिका खेल्न तयार रहेको सभामुखले उपराष्ट्रपतिलाई जानकारी गराएकी छिन् ।

उपराष्ट्रपति पुनले राजनीतिक दलहरुबीचमा देखिएको पछिल्लो विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिए ।

सहमतिबाट संविधानको कार्यान्वयन गरी देशलाई आर्थिक विकास गराउन दलीय सहमति अपरिहार्य भएकोमा जोड दिँदै उनले आवश्यक समन्वयकारी भूमिका खेल्न सभामुखलाई आग्रह गरे। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.